मुख्यमन्त्री बानियाँले २७ गते विश्वासको मत लिने

मुख्यमन्त्री बानियाँले २७ गते विश्वासको मत लिने
स्मिता अर्जेल मकवानपुरगढी, साउन २३ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । एमाले–कांग्रेस गठबन्धनको समर्थनमा साउन २० गते मुख्यमन्त्री बन्नुभएका बानियाँले संवैधानिक प्रक्रियाअनुसार निर्धारित समयमा विश्वासको मत लिने निर्णय गर्नुभएको हो । संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उ...

जुम्लाबाट सुर्खेतका लागि छुटेकाे जीप कालीकाेटमा दुर्घटना, ७ जना घाइते

जुम्लाबाट सुर्खेतका लागि छुटेकाे जीप कालीकाेटमा दुर्घटना, ७ जना घाइते
कालीकाेट – जुम्लाबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख ०९७३ नम्बरको जीप कालीकोटको खाँडाचक्र नगरपालिका–१० गोलुवा नजिकै दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइते हुनेमा गाडी चालक वीरेन्द्रनगर नगरपालिका–१ का ३० वर्षीय लालबहादुर बस्नेत, सहचालक कालीकोटको शुभकालिका गाउँपालिका–२ का २१ वर्षीय प्रकाश शाही, तिलागुफा नगरपालिका–६ का २० वर्षीय प्रकाश शाही, जुम्लाको हिमा गाउँपालिका–१ का २८ वर्षी...

पहिरोले बागलुङ-बुर्तिबाङ सडक अवरुद्ध

पहिरोले बागलुङ-बुर्तिबाङ सडक अवरुद्ध
बागलुङ- यहाँको बडिगाड गाउँपालिका–२ खर्बाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने बागलुङ–बुर्तिबाङ सडक खण्ड अवरुद्ध भएको छ। आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए। सडक अवरुद्ध हुँदा पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङदेखि पोखरा, काठमाडौँलगायतका स्थानमा जाने आउने सवारी साधन रोकिएका छन्। निरन्त...

इन्दिरा घिमिरेलाई मिसेस ग्लोवल नेपाल–२०२५ को ताज

इन्दिरा घिमिरेलाई मिसेस ग्लोवल नेपाल–२०२५ को ताज
काठमाडौँ । यो वर्षको मिसेस ग्लोवल नेपालको ताज इन्दिरा घिमिरेले पहिरिन सफल हुनुभएको छ । बिहीबार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो कार्यक्रममा घिमिरेले निर्णायकको प्रश्नको सटिक उत्तर दिँदै ताज पहिरिन सफल हुनुभएको हो । ताजसँगै उनले एन.एफ.इ.ए. लण्डन २०२६ मा सहभागी हुन इन्ट्री प्याकेजसमेत प्राप्त गर्नुभएको छ । कार्यक्रमको फस्र्ट रनर अप सन्ध्या नेपाल तथा सेकेण्ड रनर अप सृजना घिमिरे शिवाको...

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै
तुर्कमेनिस्तान, साउन २३ गते । तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ भर्खरै तुर्कमनेबासी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८ः३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्...

९७ लाखमा प्रधामन्त्री रोजगार कार्यक्रम सम्पन्न

९७ लाखमा प्रधामन्त्री रोजगार कार्यक्रम सम्पन्न
दोलखा, साउन २३ गते । सदरमुकाम चरीकोटस्थितको भीमेश्वर नगरपालिकामा ९७ लाखभन्दा बढीको लागतमा प्रधामन्त्री रोजगार कार्यक्रमअन्तर्गत विभिन्न काम सम्पन्न भएका छन् । आर्थिक वर्ष २०८१/०८२ मा नेपाल सरकारको ३४ लाख र विश्व बैंकको ६३ लाख ३९ हजार गरी कुल ९७ लाख ३९ हजारका विभिन्न काम सम्पन्न भएका कार्यक्रम सयोजक डम्बरप्रसाद ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार सूचीकृत भएका एक हजार ७१६ बेरोजगारमध्ये ७६ ...

शैक्षिक गुणस्तर उकास्न काठमाडौं विश्वविद्यालय र एभरेष्ट स्कुलबीच समझदारी पत्रमा हस्ताक्षर

शैक्षिक गुणस्तर उकास्न काठमाडौं विश्वविद्यालय र एभरेष्ट स्कुलबीच समझदारी पत्रमा हस्ताक्षर
विराटनगर । अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने उद्देश्यका साथ अघि बढेको विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुल र काठमाडौं विश्वविद्यालय (केयू)बीच आज समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो समझदारीसँगै केयूले एभरेष्ट स्कुलका सबै पक्षको आधारभूत सर्भेक्षण गरि आवश्यकताका आधारमा शिक्षकहरुलाई 'क्रेडिट आवर'को हिसाबले तालिम प्रदान गर्ने छ । उक्त तालिम पश्चात शिक्षकहरुले सोहि अनुसारको डिग्री समे...

भारत उत्तराखण्डको बाढीपहिरोमा १८ जना नेपाली सम्पर्कविहीन

भारत उत्तराखण्डको बाढीपहिरोमा १८ जना नेपाली सम्पर्कविहीन
काठमाण्डौ – भारतको उत्तराखण्ड राज्यमा गएको मङ्गलवार र बुधवार आएको बाढीपहिरोपछि जाजरकोटका १२ जना, बर्दियाका ५ जना र जुम्लाका १ जना गरी १८ जना सम्पर्कविहीन छन । मङ्गलवार आरिघोप्टे वर्षाका कारण उत्तरकाशी जिल्लाको धराली बजारमा बाढी आएको थियो भने बुधवार पौडीगढवालमा पहिरो खसेको थियो । ती ठाउँमा मजदुरी गर्न र स्याउ टिप्न गएका नेपालीहरु बाढीपहिरोमा परेर सम्पर्कविहीन भएको भन्दै खोजीको लागि समन्वय गर्...

आजको राशिफल ~ वि.सं २०८२ श्रावण २३ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ श्रावण २३ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन प्रेम सम्बन्धमा निकटता र गहिरो आत्मीयता बढ्नेछ । प्रयास गर्दा महत्त्वपूर्ण सफलता हात लाग्नेछ । साथीभाइ र सहयोगीहरूको साथले आत्मबल बढ्नेछ । प्रतीक्षित उपलब्धि प्राप्त हुने समय छ । जनसम्पर्क, नेटवर्किङ तथा सार्वजनिक सम्बन्धमार्फत आम्दानीको नयाँ बाटो खुल्नेछ । परिस्थिति बुझेर स्थिर सम्पत्ति वा सेयर बजारमा लगानी गर्नु फाइदाजनक हुनेछ । वृष (इ, उ, ए, ...

नेपाली महिला टोली आज साउदीसँग भिडदैँ

नेपाली महिला टोली आज साउदीसँग भिडदैँ
काठमाडौं, २३ साउन । नेपालले आज साउदी अरेबियासँग दोस्रो खेल्दैछ । भुटानको राजधानी थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेल साउदी अरबसँग खेल्न लागेको हो । सो खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो १ः४५ बजेबाट सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो तर नेपालसँग भिडन आएको साउदी अरेबियाले भने उत्तर कोरियासँग १५–० को फराकिलो...