महिला २० वर्षमुनिको एशियन कपमा पुग्न नेपालले उत्तर कोरियालाई हराउनुपर्ने
काठमाण्डौ – एएफसी महिला २० वर्षमुनिको एशियन कपमा पुग्न नेपालले उत्तर कोरियालाई हराउनुपर्ने भएको छ ।
हिजो भएको समूह ‘ए’ को दोस्रो खेलमा नेपालले साउदी अरबलाई एक गोलले हराउँदा उत्तर कोरियाले भुटानलाई १० गोलले हरायो । योसँगै शीर्ष स्थानको उत्तर कोरियाले दुई खेलबाट ६ अङ्क पुर्याएको छ ।
उत्तर कोरियाले पहिलो खेलमा साउदी अरबलाई १५–० ले पराजित गरेको थियो । तर नेपालले भूटानसँग एक/एक गोलको बराबरी खेले...









