श्रम अदालतमा एक वर्ष नाघेका मुद्दा शून्य
काठमाडौं- श्रम अदालतले एक वर्ष नाघेका सबै मुद्दाको छिनोफानो गरेको छ। अदालतले आर्थिक वर्ष २०८१/८२ मा एक वर्ष नाघेका मुद्दालाई शून्यमा पुर्याएको हो।
अदालतमा ६ महिनादेखि १ वर्षभित्रका ९२ वटा मुद्दा रहेका थिए। श्रम अदालतका रजिष्ट्रार मुकुन्द निरौलाका अनुसार अदालतले गत असार मसान्तसम्म ४२२ थान मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेकामा ४६१ थान (१०९.२४) मुद्दा फछ्र्याैट गरेको छ। अब अदालतमा १५१ मुद्दा फछ...









