नेपाल प्रिमियर लिगको बलियो दाबेदार विराटनगर किङ्ग्स
काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उत्साह अहिले देशभर फैलिएको छ । र यो उत्साह बढाउन ठूलो भूमिका खेलेको छ—पूर्वी नेपालको प्रतिनिधि टोली विराटनगर किङ्ग्सले । अब विराटनगरको चर्चा केवल पूर्वमै सीमित छैन; जनकपुर, पोखरा, बुटवलदेखि सुदूरपश्चिमसम्म सबै क्रिकेटप्रेमीको नजर अहिले यही टोलीमा अडिएको छ ।
यस पटक नेपाली राष्ट्रिय टिमका चर्चित स्पिनर सन्दीप लामिछानेसँगै चर्चित विदेशी खेलाडी आएक...









