सोलु हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सोलु हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडाैं । सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (मंसिर १० गते)अन्तिम दिन रहेको हो । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये सर्वसा...

लागुऔषध खरिद बिक्री गर्ने पाँचजना पक्राउ

लागुऔषध खरिद बिक्री गर्ने पाँचजना पक्राउ
फिदिम,मङ्सिर १० गते । पाँचथर प्रहरीले प्रतिबन्धित लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिदिम २ का २७ वर्षीय धनराज तुम्बापोलगायत रहेको प्रहरी नायब उपरीक्षक अनिष कुमार कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार तुम्बापोले लागुऔषध कारोबार गर्ने गरेको गोप्य सूचनाका आधारमा खटेको प्रहरी टोलीले उनीसहित खरिद गर्न आएका चार जनालाई एकैसाथ पक्राउ गरेको हो । तुम्बापोका साथबाट १० ग्राम ५२ मि...

शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी छलफल सम्पन्न

शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी छलफल सम्पन्न
धनकुटा । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनमा धनकुटाको शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।स्थानीय तहमा बीमाको बारेमा पहुँच, दाबी प्रक्रिया, अनुदानका व्यवस्था तथा वर्तमान चुनौतीहरू लगायतको बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । अन्तरक्रिया तथा छलफल कार्यक्रम मा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका सहायक निर्देशक सचिन...

मंसिर १० गते बुधबार, यस्तो छ तपाईको राशिफल

मंसिर १० गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यवसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आएपनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ ।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मा...

भारतीय नम्बरको सवारी साधनबाट २० किलो गाँजा बरामद

भारतीय नम्बरको सवारी साधनबाट २० किलो गाँजा बरामद
सुनसरी, मंसिर ०९ गते । सुनसरीको हरिनगर गाउँपालिका-६ स्थितबाट २० किलो गाँजा सहित WB 02AL0175 नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको छ । मंसिर ०९ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (PIT) र सुनसरीको प्रहरी चौकी घुस्कीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा हरिनगर गाउँपालिका-६ स्थित सडक छेउमा बेवारिसे अवस्थामा रहेको कारको डिकीमा कालो प्लास्टिकमा पोका पारी लुकाई छिपाई राखेको...

वरिष्ठ पत्रकार लम्साल सहित दुईजना सम्मानित

वरिष्ठ पत्रकार लम्साल सहित दुईजना सम्मानित
विराटनगर÷ बालागुरु षडानन्द अधिकारीको १ सय ९१ औं जन्मजन्यतीका अवसरमा वरिष्ठ साहित्यकार एवं पत्रकार कृष्णविनोद लम्सालसहित दुईजनालाई सम्मान गरिएको छ । आबाल ब्रम्हाचारी बालागुरु षडानन्द प्रतिष्ठान, विराटनगरले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा लम्सालसहित समाजसेवी खेशरबहादर बस्नेतलाई सम्मान गरिएको हो । लम्साललाई राजेन्द्रप्रसाद चापागाईंले स्थापना गरेको १४ हजार १ सय राशिको नगद पुरस्कारसहित सम...

महानगरको रानी अस्पतालबाट चौवीस घण्टे निःशुल्क प्रसूति सेवा सुरु

महानगरको रानी अस्पतालबाट चौवीस घण्टे निःशुल्क प्रसूति सेवा सुरु
विराटनगर÷ विराटनगर महानगरपालिकाले विराटनगर–१५ स्थित रानी अस्पतालबाट चौवीस घण्टे निःशुल्क बर्थिङ सेन्टर (प्रसूति सेवा) सुरु गरेको छ । मातृ तथा शिशुको मृत्युदर घटाउने उद्देश्यले विराटनगर दक्षिणी क्षेत्रमा निःशुल्क प्रसूति सेवा सुरु गरिएको महानगरले जनाएको छ । मंगलबार आयोजित कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलको उपस्थितिमा मेयर कोइरालाले प्रसूति...

नसर्ने रोगका कारण आँखाको समस्या बढ्ने नेपालमा गरेको अध्ययनको निष्कर्ष

नसर्ने रोगका कारण आँखाको समस्या बढ्ने नेपालमा गरेको अध्ययनको निष्कर्ष
काठमाण्डाै – नेपालमा गरेको एउटा अध्ययनले नसर्ने रोगका कारण आँखामा हुने समस्याको जोखिम बढेको देखाएको छ । तिलगङ्गा आँखा प्रतिष्ठानले झन्डै पाँच हजार जनालाई समेटेर गरेको काठमाण्डाै केन्द्रित आँखा अध्ययनले नसर्ने रोग भएकामा आँखाको समस्या बढी पाइएको हो । आज सार्वजनिक प्रतिवेदन अनुसार उच्च रक्तचाप भएका सहभागीहरूमध्ये एक प्रतिशतमा ‘हाइपरटेन्सिभ रेटिनोप्याथी’ थियो भने मधुमेह भएकाहरूमध्ये ७ दशमलव ३ प्रत...

मंसिर ०९ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

मंसिर ०९ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूले फसाउन सक्छन् । हुलमुलमा धनमाल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) समयमा होसियार बन्न नसक्दा काममा ...

रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्य सचिवमा नियुक्त

रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्य सचिवमा नियुक्त
काठमाडौँ- नेपाल सरकारले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ । आजको मन्त्रिपरिषद्को निर्णयले अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जानकारी दिनुभयो । हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण यही मङ्सिर १० गते अनिवार्य अवकाशमा जादै छन् । ।