मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदायका उँधौली पर्व

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदायका उँधौली पर्व
काठमाण्डू । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् । किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदैछन् । लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन थियो । आज संयुक्त रूपमा यस समुदायका सबैल...

शम्भु प्रसाद भट्टराईको ‘अहम्–तुष्टि’ सार्वजनिक

शम्भु प्रसाद भट्टराईको ‘अहम्–तुष्टि’ सार्वजनिक
सुजता राई, विराटनगर, मंसिर १७ — साहित्यकार शम्भु प्रसाद भट्टराईको नवीन कृति ‘अहम्–तुष्टि : चेतनाको अदृश्य सत्ता’ विराटनगरमा एक कार्यक्रममा सार्वजनिक गरिएको छ। विराट साहित्य सङ्गमले नेपाल पत्रकार महासंघको सभाहलमा गरेको कृति लोकार्पण कार्यक्रम प्रमुख अतिथि बलराम पोखरेलले उद्घाटन गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथि प्रा. विवश पोखरेल तथा प्रा. कविराज न्यौपाने, प्रा. खेम नेपाली, वरिष्ठ सल्लाहकार सर...

मार्गशीर्ष शुक्ल पूर्णिमाः धानको पूजा गरी मनाइँदै धान्य पूर्णिमा पर्व

मार्गशीर्ष शुक्ल पूर्णिमाः धानको पूजा गरी मनाइँदै धान्य पूर्णिमा पर्व
काठमाण्डू । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । यसअघि नवअन्नप्राशन नगरेकाले आजै नवान्नप...

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना
सिरहा । सिरहाको धनगढीमाई-३ कुर्वा गाउँको सानो मुसहर बस्तीमा यतिबेला सन्नाटा छाएको छ । जाडो मौसमसँगै बिहानीको हावा जति चिसो छ, बस्तीको रमेशी सदायको मन त्यसभन्दा धेरै चिसिएको छ । बुधबार दिउँसो घर आँगनको छेउमा चुपचाप बसिरहेका उहाँ वर्षभरि पसिना बगाएर फलाएको धान एकैरातमा खरानी बनेको क्षण सम्झिँदै टोलाइरहनुभएको थियो । पाँच जनाको परिवार रहेको ७२ वर्षीय रमेशी र उहाँको घरपरिवारका आँखा चार दिनसम्म प...

एनपिएलः आज दुई खेल हुने

एनपिएलः आज दुई खेल हुने
काठमाण्डू । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज र अपराह्न ४ः०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ । पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । काठमाडौँले भने छ खेलबाट आठ अङ...

राष्ट्रपतिद्वारा उधौलीको शुभकामना

राष्ट्रपतिद्वारा उधौलीको शुभकामना
काठमाण्डू । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग...

मोदी–पुटिन भेट : तेल आयातदेखि रक्षा सहयोगसम्म भारत–रूस एजेन्डा

मोदी–पुटिन भेट : तेल आयातदेखि रक्षा सहयोगसम्म भारत–रूस एजेन्डा
नयाँदिल्ली । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन यसै हप्ता भारतको राजकीय भ्रमणमा आउनुहुनेछ । भ्रमणका क्रममा उहाँ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आर्थिक, ऊर्जा तथा रक्षा सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले उच्चस्तरीय वार्ता हुने भएको छ । यो भेटलाई भारतले मस्को र वासिङ्टनबीचको आफ्नो सन्तुलित कूटनीतिक हैसियत कायम राख्नुपर्ने संवेदनशील क्षणका रुपमा पनि हेरिएको छ । पुट...

नैनसिंह महरको शब्दमा ‘बन्छ बन्छ मेरो देश बन्छ’ रिलिज, गीतको चर्चा

नैनसिंह महरको शब्दमा ‘बन्छ बन्छ मेरो देश बन्छ’ रिलिज, गीतको चर्चा
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा लेखक नैनसिंह महरको शब्दमा तयार गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’सार्वजनिक गरिएको छ । प्रमोद खरेलको स्वर, हरि लम्सालको संगीत रहेको देशभक्ती गीतको भिडियोमा राजेश हमाल, महावीर पुन, प्रदिप कुमार राई (ब्याकुल माइला), समाजसेवी अनुराधा कोइराला, ओलम्पियन खेलाडी दिपक बिष्ट, नैनसिंह महर, मिस पबि, अस्तिना महर, अनिमेश महर, सविना तामाङ लगायत फिचर्ड छन् । दशरथ स...

एनी प्रथम गछिया गोल्डकप–२०८२: जलथल फुटबल क्लबलाई टाइब्रेकरमा हराउदै गाईघाट युनाइटेड उदयपुर सेमिफाइनल प्रवेश

एनी प्रथम गछिया गोल्डकप–२०८२: जलथल फुटबल क्लबलाई टाइब्रेकरमा हराउदै गाईघाट युनाइटेड उदयपुर सेमिफाइनल प्रवेश
सुन्दरहरैचा(मोरङ) : सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी एनी प्रथम गछिया गोल्डकप–२०८२को तेस्रो खेलमा गाईघाट युनाइटेड फुटबल क्लब, उदयपुर सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार गाईघाट युनाइटेड र जलथल फुटबल क्लब झापाबीच भएको खेलका प्रमुख अतिथि सुन्दरहरैंचा–३ का वडा अध्यक्ष विदुर प्रसाद ढुंगाना थिए । खेलको २८ औँ मिनेटमा जलथल फुटबल क्लबका जर्सी नम्बर २१ निश कुमार श्रेष्ठले पहिलो गोल गर्दै अग्रता...

एनी प्रथम गछिया गोल्डकप २०८२ : आयोजक विजयी

एनी प्रथम गछिया गोल्डकप २०८२ : आयोजक विजयी
सुन्दरहरैचा(मोरङ) : मोरङको सुन्दरहरैचा गछिया युवा समाजको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रणमा सम्पन्न एनि प्रथम गछिया गोल्डकप–२०८२ को दोस्रो खेलमा आयोजक गछिया युवा समाजले ७–० को फराकिलो जित हासिल गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। खेलमा लिनेण्ड फुटबल क्लब भारतले कुनै गोल गर्न सकेन । खेलमा प्रमुख अतिथि सुन्दरहरैचा वडा नम्बर २ का वडा अध्यक्ष विवश प्रधान उपस्थित रहेका थिए । खेलको पहिलो हाफमा, १२ ...