सुजता राई, विराटनगर, मंसिर १७ — साहित्यकार शम्भु प्रसाद भट्टराईको नवीन कृति ‘अहम्–तुष्टि : चेतनाको अदृश्य सत्ता’ विराटनगरमा एक कार्यक्रममा सार्वजनिक गरिएको छ। विराट साहित्य सङ्गमले नेपाल पत्रकार महासंघको सभाहलमा गरेको कृति लोकार्पण कार्यक्रम प्रमुख अतिथि बलराम पोखरेलले उद्घाटन गरेका थिए।

कार्यक्रममा विशिष्ट अतिथि प्रा. विवश पोखरेल तथा प्रा. कविराज न्यौपाने, प्रा. खेम नेपाली, वरिष्ठ सल्लाहकार सरला चापागाई, डा. देवी पन्थी, डा. बाबुराम तिम्सिना, सह–प्राध्यापक कृष्ण वस्ती र प्राध्यापक रमनाथ भट्टराई उपस्थित थिए।

कार्यक्रम सदस्य कविता केशरीले शब्द–स्वागत गरेकी थिइन्। समीक्षक बाबुराम पोखरेलले लेखकको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए। सो अवसरमा लेखककी जीवनसंगिनीले जन्मदिन र कृति विमोचन एउटै दिनमा परेकाले भावनात्मक रचना मार्फत खुशी व्यक्त गरिन्।

कार्यक्रममा वरिष्ठ पत्रकार एवं साहित्यकर्मी यज्ञप्रसाद शर्मा, अनुसन्धानकर्ता केशु विरही, समीक्षक भवानीप्रसाद पोखरेल, हरि कट्टेल, लोचन रिजाल, उमानाथ घिमिरे ‘सगर’, उमानाथ भट्टराई ‘अचल’ लगायतको उल्लेखनीय उपस्थिति थियो। कृतिको समीक्षात्मक प्रस्तुति जीवन काश्यपले गरेका थिए।

मधु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गोपाल निर्भीकले गरेका थिए।

तपाईको प्रतिक्रिया