विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने
काठमाडौँ, पुस २ गते । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै गर्ने गरी पञ्चाङ्गकारसमेतको संयुक्त बैठक बसी निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विविध कारणबाट पञ्चाङ्ग रूजु र छलफल गर्न ढिलाइ भइसकेको र केतकीग्रहगणितबाट पञ्चाङ्ग खण्ड तयार गर्न केही समय लाग्ने एवम् थप छलफल गर्नुपर्ने देखिएकाले पञ्चाङ्ग प्रकाशन गर्न ढिलाइ भइसकेको हुँदा सेवाग्राहीलाई समस्या पर्ने देखिएकाले ...

आजको राशिफल ~वि.सं. २०८२ पौष ०२ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ पौष ०२ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिकका साथीभाइ टाढिन सक्छन् । टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ । पहिलेको लगानी तथा श्रमबाट राम्रै प्रतिफल पाइएला । खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ । स्वास्थ्यमा कमजोरी देखिएपनि अध्ययनमा ध्यान केन्द्रित हुनेछ । प्रयत्न गर्दा विदेश यात्राको अवसर जुट्न सक्छ । वृष (इ, उ, ए, ओ, बा,...

दिलिजा रुवालीको स्वरमा ‘मेरा भगवान…’ सार्वजनिक

दिलिजा रुवालीको स्वरमा ‘मेरा भगवान…’ सार्वजनिक
विराटनगर — द भ्वाइस अफ किड्स सिजन ४ कि फाइनलिष्ट गायिका दिलिजा रुवालीको स्वरमा रहेको ‘मेरा भगवान...’ गीतको भिडियो सार्वजनिक गरिएको छ । पद्मा लिंखा मगरको श्बद तथा सुरेश बानियाँको संगीत तथा एरेन्जमा गीत तयार गरिएको हो । जन्मदिने आमाको ममता र स्नेहलाई गीतमा सर्वोकृष्ट रुपमा प्रस्तुत गरिएको छ । आमा जीवनको पहिलो गुरु भएकाले माया, त्याग र सहनशीलताको प्रति मूर्ति आमा सन्तानको सफलताको आधार हुन्। आमाक...

आईपीएल इतिहासकै महँगा विदेशी खेलाडी बने क्यामरुन ग्रीन

आईपीएल इतिहासकै महँगा विदेशी खेलाडी बने क्यामरुन ग्रीन
काठमाण्डाै – अस्ट्रेलियाका क्रिकेटर क्यामरुन ग्रीन इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै सबैभन्दा महँगा विदेशी खेलाडी बनेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा चलिरहेको आईपीएल अक्शनमा कोलकाता नाइट राइडर्सले २६ वर्षीय ग्रीनलाई २८ करोड २० लाख भारुमा टोलीमा अनुबन्ध गरेको हो । यसअघि सन् २०२४ को अक्शनमा कोलकाताले अस्ट्रेलियाकै मिचेल स्टार्कलाई २४ करोड ७८ लाख भारुमा अनुबन्ध गरेको ...

सहकारीको बचत फिर्ता माग गर्दै आमरण अनशन

सहकारीको बचत फिर्ता माग गर्दै आमरण अनशन
नेपालगन्ज, पुस १ गते । नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका बचतकर्ताको रकम फिर्ताको माग गर्दै सहकारी पीडितले आमरण र रिले अनशन सुरु गरेका छन् । नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालयको गेट छेउमा मंगलबार दिउँसोबाट सुरु गरिएको अनशनमा नेपालगन्जका पूर्व नगर प्रमुख विजयकुमार गुप्ता आमरण अनशनमा बस्नुभएको हो । उहाँको साथमा अन्य पीडित माया पासी, मोती कुमारी शर्मा, रामचन्द्र पासी र जुखी ...

सातौँ झापा गोल्डकपको तयारी

सातौँ झापा गोल्डकपको तयारी
लीलाराज खड्का बिर्तामोड, पुस १ गते । झापा गोल्डकपको सातौ संकरण आगामी माघ २४ गतेदेखि डोमालाल रङ्गशाला बिर्तामोडमा हुने भएको छ । राजधानी बाहिर मोफसलकै प्रतिष्ठित र ठुलो धनराशीको मानिने यस प्रतियोगिताको सातौँ संस्करण माघ अन्तिम साताबाट हुने गरि अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको अध्यक्ष केदार गिरीले बताउँनुभयो । हालै दिवंगत हुनुभएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयो...

बकैयामा ट्याक्टर दुर्घटनाः द्रुतमार्गमा काम गर्ने तीन जनाको मृत्यु, १९ जना घाइते

बकैयामा ट्याक्टर दुर्घटनाः द्रुतमार्गमा काम गर्ने तीन जनाको मृत्यु, १९ जना घाइते
मकवानपुर, पुस १ गते। मकवानपुरको बकैया गाउँपालिका–७ स्थित अधेरीमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु र १९ जना घाइते भएका छन्। लु ५ त १७४ नम्बरको ट्याक्टर मङ्गलबार दिउँसो दुर्घटना हुँदा घाइते भएर उपचारको लागि हेटौँडा अस्पतालमा ल्याइएका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा बकैया गाउँपालिका ७ अधेरीका अन्दाजी ५५ वर्षीय केशव माझी, युवराज माझी र ४५ ...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार पठाइने

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार पठाइने
काठमाण्डौ – नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगेका छन् । भोलि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ती हात्ती कतार पठाउने तयारी छ । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका सात वर्षको रुद्रकली र छ वर्षको खगेन्द्रप्रसाद आज बिहान ४ बजे भैरहवा पुगेका हुन् । निकुञ्जका सूचना अधिकारी अविनास थापा...

एमाले महाधिवेशन : २ जनाकाे उम्मेदवारी खारेजी, १५ जनाले उम्मेदवारी फिर्ता लिए

एमाले महाधिवेशन : २ जनाकाे उम्मेदवारी खारेजी, १५ जनाले उम्मेदवारी फिर्ता लिए
काठमाण्डाै – नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएकामध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार लुम्बिनी प्रदेशबाट ४० वर्ष उमेरमुनिका लीलामणि गौतम र महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । यस्तै केन्द्रीय सदस्य य...

आजदेखि बाघ गणना हुँदै

आजदेखि बाघ गणना हुँदै
काठमाडौँ । आजदेखि शुरु भएको पाँचौं राष्ट्रिय बाघ गणना अन्तर्गत चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा र लालझाडी करिडोरका बाघ गणना शुरु हुँदैछ । वैज्ञानिक विधिबाट तीन वटा ब्लकका बाघको गणना हुन लागेको हो । गणनाका लागि २ हजार ३ सय स्वचालित क्यामरा प्रयोग गरिँदैछ भने ८ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रका बाघको संख्या, बासस्थान र आहाराबारे अध्ययन र अनुगमन हुन लागेको हो । सन् २०२२ मा १ हजार ८ सय...