मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा आत्म सम्मानमा ठेस पुग्ला । वैदेशिक रोजगारमा सफलता मिल्नेछ । साताको मध्यमा बलभन्दा बुद्धिले कार्य सम्पादन गर्ने चेष्टा गर्नुहोस्, सफलता मिल्नेछ । भाग्यले साथ दिनेछ । साताको अन्तिममा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । बोली प्रभावशाली रहनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा नोकरी वा पेशामा सहयोगी वर्गहरुबाट भने जस्तो सहयोग नपाइएला । आफूभन्दा ठूलाको साथ र सहयोग मिल्नेछ । साताको मध्यमा आशावादि भएर परिश्रम गर्नुहोस्, सफलता मिल्नेछ । कार्य क्षेत्रमा नयाँ कार्य हात लाग्नेछ । साताको अन्त्यमा मान प्रतिष्ठामा वृद्धि हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा घर परिवारबाट सहयोग प्राप्त हुनेछ । राजनीतिक परिपेक्षमा आफ्नो पक्ष बलियो रहनेछ । साताको मध्यमा स्वास्थ्यलाई लिएर सावधान रहनुहोस् । विद्यार्थीहरूलाई गुरुजनहरूबाट नयाँ कुरा सिक्ने अवसर मिल्नेछ । साताको अन्तिममा मन अस्थिर हुनाले कार्यक्षेत्रमा बाधा आउनेछ । कठिन समयमा मित्रहरूबाट सहयोग मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा उद्योग र कारोबारमा थप लगानी लगाउने समय रहेको छ । धर्म कर्मतर्फ मन जानेछ । साताको मध्यमा शेयर बजारबाट मनग्य फाइदा हुनेछ । व्यापार व्यवसायमा माननीयजनहरूको सहयोग मिल्नेछ । साताको मध्यमा भौतिक सुख सुविधामा धन खर्चका योग छन् । आँटेको कार्यमा सफलता मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा पारिवारिक समस्याले मन चिन्तित रहनेछ । जग्गा जमिनबाट सोचेजस्तो लाभ आर्जन गर्न नसकिएला । साताको मध्यमा शिक्षाको क्षेत्रमा गुरुजनहरूबाट सहयोग पाइनेछ । प्रेमीबाट बिशेष उपहार प्राप्त होला । व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा कार्य क्षेत्रमा जीवन साथीको सहयोग मिल्नेछ । प्रभावशाली व्यक्तिहरूसंग सम्पर्क बढ्नेछ । साताको मध्यमा भौतिक संशाधन जुटाउनमा सफल भइनेछ । सवारी साधन चलाउँदा नीति नियमहरुको पालना गर्नुहोस । साताको अन्तिममा स्वास्थ्य सबल रहनेछ । दैनिकी कार्य क्षेत्रमा जिम्मेदारी बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा रोकिएको कामले गति लिनेछ । परीक्षामा सफल भइनेछ । साताको मध्यमा जीवन साथीको सहयोगले महत्वपूर्ण कार्य बन्नेछ । समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन् । साताको अन्त्यमा सेवामूलक कार्यबाट प्रतिष्ठा पाइनेछ । स्वास्थ्यमा कमजोरिले गर्दा कार्य क्षेत्रमा बाधा उत्पन्न हुन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा प्रेम र मित्रताको बन्धन कसिनेछ । शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । साताको मध्यमा अरुको विश्वासमा कुनै कार्य अधुरो नछोड्नुहोस् । आश्वासन मात्र दिनेहरूले झुक्याउन सक्नेछन् । साताको अन्तिममा सम्पादित कामबाट मनग्य लाभ हुनेछ । बोलिको प्रभावले विशेष अवसर दिलाउनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा पारिवारिक सद्भावमा कमी आउनेछ । जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिएला । साताको मध्यमा मनमा सोचेको कार्य पूरा हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । साताको अन्तिममा सोधेभन्दा धेरै सल्लाह नदिनुहोला । प्रतियोगी परिक्षामा सफलता मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा भाग्यको साथले नयाँ परिबन्ध जुराउनेछ । साहसिक कार्य गर्ने समय रहेको छ । साताको मध्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोला । बोलिको विपरीत अर्थ लाग्नेछ । साताको अन्तिममा कार्य क्षेत्रमा नयाँ अवसर हात लाग्नेछ । प्रतिष्ठित कार्य गर्ने समय रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा संचित धनमा वृद्धि हुनेछ । बच्चाहरूको पढाइ लेखाइलाई लिएर मन चिन्तित रहनेछ । साताको मध्यमा कार्य क्षेत्रमा सहयोगीहरूबाट सहयोग पाइनेछ । कानुनी मामलाहरूमा पक्ष मजबुत रहनेछ । साताको अन्तिममा जग्गा जमिन र ठेक्कापट्टाको कामले विशेष लाभार्जन गर्न सकिएला । पारिवारिक सदस्यको बीच असमझदारी बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा नोकरी वा पेशामा प्रभाव बढ्नेछ । व्यापार विस्तारलाई लिएर नयाँ योजनाहरू बन्नेछन् । साताको मध्यमा लगनशीलताले शत्रुहरू आफैं पछाडि हट्नेछन् । साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ । साताको अन्तिममा नयाँ लगानी लगाउन उपयुक्त समयको प्रतिक्षा गर्नुहोस् । दाजुभाईमा आत्मीयता बढ्नेछ ।





