७ महिनामा साढे ७ लाख लिटर डिजेल आयात, कुन वस्तुको आयात कति?
काठमाडौं। चालू आर्थिक वर्ष २०८२/८३ को ७ महिनामा ७ लाख ६६ हजार लिटर डिजेल आयात भएको छ। चालू आवको साउनदेखि माघ मसान्तसम्ममा ६९ अर्ब ९१ करोड २२ लाख रुपैयाँ बराबरको डिजेल आयात भएको हो।
उक्त अवधिभित्र नेपालमा ३८ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको ४ लाख ४२ हजार केजी पेट्रोल भित्रिएको तथ्यांक छ।
पेट्रोलपछि नेपालमा धेरै एलपिजी ग्याँस भित्रिएको छ। ७ महिनाको अवधिमा ३१ अर्ब ८५ करोड ९ लाख रुपैयाँ बरा...









