विभागद्वारा ९ वटा व्यवसायमा अनुगमन, ६ वटा फर्मलाई ३ लाख २१ ह्जार जरिवाना

विभागद्वारा ९ वटा व्यवसायमा अनुगमन, ६ वटा फर्मलाई ३ लाख २१ ह्जार जरिवाना
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न व्यवसाय तथा फर्ममाथि अनुगमन गरेको छ। विभागको टोलीले ९ वटा फर्म तथा व्यवसाय अनुगमन गरी ६ वटा फर्मलाई जरिवाना तथा ३ वटा फर्मलाई सुध्रिन निर्देशन दिएको हो। विभागले बिहीबार गरेको अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–३१ भृकुटीमण्डपस्थित काठमाडौं फन पार्कलाई २ लाख ५ हजार...

विराटनगरको डिजिटल छलाङ : ५४३ आवेदनबाट छानिएका ५५ युवालाई एआईदेखि साइबर सुरक्षासम्मको विशेष तालिम

विराटनगरको डिजिटल छलाङ :  ५४३ आवेदनबाट छानिएका ५५ युवालाई एआईदेखि साइबर सुरक्षासम्मको विशेष तालिम
विराटनगर / डिजिटल सुशासन, प्रविधिमैत्री समाज निर्माण र युवाको सीप विकासलाई केन्द्रमा राख्दै विराटनगर महानगरपालिकाले १० दिने ‘आईटी ट्रेनिङ एन्ड प्रोफेसनल डेभलपमेन्ट’ कार्यक्रम सुरु गरेको छ । सूचना तथा सञ्चार प्रविधि शाखाको आयोजनामा तथा जेनेस सोलुसन प्रालिको प्राविधिक सहकार्यमा सञ्चालन भएको तालिममा प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत ५५ जना युवालाई सहभागी गराइएको छ । महानगरका अनुसार तालिमका लाग...

सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ। आयोजनाको प्रवर्द्धक क्रिष्टल पावर डेभलपमेन्ट प्रालि र विभिन्न बैंकहरूको कन्सोर्टियमबीच उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो। सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा सहायक प्रमुख कार्यकारी अधिकृत दीपचन्द्र...

बाह्र वर्षपछि टक्सार फर्किएर व्यापार…

बाह्र वर्षपछि टक्सार फर्किएर व्यापार…
भोजपुर। बाह्र वर्षअघि अवसरको खोजीमा टक्सार छाडेर काठमाडौँ गएका सुजन उदासले सोच्नुभएको थिएन, फेरि गाउँमै फर्किएर व्यवसाय सञ्चालन गर्नुपर्ला भनेर । तर, उहाँले सोचेजस्तो भएन– ‘बाह्र वर्षमा खोलो पनि फर्किन्छ’ भनेझैँ उहाँ पनि फेरि गाउँ फर्किनुभयो । उदास एक दशक लामो काठमाडौँ बसाइ बिट मार्दै गाउँ फर्किनुभयो । यहाँ आएपछि उहाँले भोजपुर नगरपालिका–१२ स्थित ऐतिहासिक टक्सार बजारमा ‘टक्सार नेवाः घासा’ सञ...

लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु
मुस्ताङ- पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको जेठ १५ गतेसम्म नौ विदेशी नागरिकसहित १३ पर्यटकले ज्यान गुमाएका छन् । यहाँको पर्वतीय उच्च उचाइको पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकमध्ये लेक लागेर उक्त सङ्ख्यामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार चालु आवको साढे १० महिनामा ...

आज सुनचाँदीको भाउ घट्यो

आज सुनचाँदीको भाउ घट्यो
काठमाण्डौ - आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा एक हजार ३०० रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा २ लाख ९२ हजार ८०० रुपैयाँ रहेकोमा आज घटेर तोलाको २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ९० रुपैयाँ घटेको हो । यससँगै आज चाँदी ५ हजार ६० रुपैयाँमा ...

वीरगन्ज भन्सारबाट १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो

वीरगन्ज भन्सारबाट १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो
पर्सा। वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा समान आयात भएको छ। गत आवको १० महिनाको तुलनामा चालु अवधिको सोही अवधिमा यो नाका हुँदै एक खर्ब दुई अर्ब ४४ करोड अर्थात् १५ प्रतिशत बढी सामान भित्रिएको हो। वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगन्ज हुँदै हुने आयातमा बढोत्तरी भएको बताए। उनले चालु आवको पेटोलियम पदार्...

विराटनगरमा एजुकेसन मोटिभेसन ट्रेनिङ सम्पन्न

विराटनगरमा एजुकेसन मोटिभेसन ट्रेनिङ सम्पन्न
विराटनगर । एजुकेसन मोटिभेसन ट्रेनिङ विराटनगरमा सम्पन्न भएको छ । नेपाल युवा संरक्षक मञ्चको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल युवा संरक्षक मञ्चकी अध्यक्ष निशा श्रेष्ठले कार्यक्रमको अध्यक्षता गरेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला रहेका थिए । उनले विद्यार्थी तथा युवाहरूलाई शिक्षा, अनुशास...

७ प्रतिशत आर्थिक वृद्धिदर भए मात्रै १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ- अर्थमन्त्री वाग्ले

७ प्रतिशत आर्थिक वृद्धिदर भए मात्रै १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ- अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले देशको अर्थतन्त्र १०० अर्ब डलर बनाउने गरी काम गर्नुपर्ने अवस्था रहेको बताएका छन् । बिहीबार अन्तर-सरकारी वित्त परिषद्को बैठकलाई सम्बोधन गर्दै मन्त्री वाग्लेले बजेटमा सोहीअनुसार निर्माण हुने बताएका हुन् । उनले सरकारको नियमित बजेटभन्दा बाहिरबाट पनि विकास निर्माणको काम कसरी छिटो गर्न सकिन्छ भन्नेबारे सरकारले सोचिरहेको सुनाए । उनले ठूला-ठूला सडक आयोजना तथा...

चार महिनापछि खुल्यो लहानको बैंक खाता, कर्मचारीको तलबदेखि विकास निर्माणसम्मको रकम निकासा हुने

चार महिनापछि खुल्यो लहानको बैंक खाता, कर्मचारीको तलबदेखि विकास निर्माणसम्मको रकम निकासा हुने
सिरहा। विगत चार महिनादेखि रोक्का लहान नगरपालिकाको बैंक खाता बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ। खाता सञ्चालनमा आएसँगै लामो समयदेखि रोकिएको कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता र विकास निर्माणका कामको भुक्तानी हुने भएको छ। खाता रोक्का हुँदा नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकले तलब पाउन सकेका थिएनन्। यसका साथै विद्यालयका पाठ्यपुस्तक, छात्रवृत्ति, दिवा खाजा र विद्यालय व्यवस्थापन अनुदानसमेत रोकि...