कमल गाउँपालिकामा पोषण तथा खाद्य सुरक्षा सम्बन्धी गोष्ठी सम्पन्न

कमल गाउँपालिकामा पोषण तथा खाद्य सुरक्षा सम्बन्धी गोष्ठी सम्पन्न
झापा, जेठ १३ । कमल गाउँपालिका को आयोजनामा पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशन समितिको अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमार्फत पोषण सुधार, खाद्य सुरक्षाको अवस्था, बालबालिका तथा आमाको स्वास्थ्य संरक्षण, साथै बहुक्षेत्रीय समन्वयमार्फत समुदायस्तरमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने विषयमा विस्तृत छलफल गरिएको गाउँपालिका अध्यक्ष हुकुम सिंह राई ले जानकारी दिनुभयो।...

सुधन गुरुङले नेतृत्व लिएपछि भदौ २३ गतेको जेनजी आन्दोलन हुलदंगामा परिणत भयो: आयोग

सुधन गुरुङले नेतृत्व लिएपछि भदौ २३ गतेको जेनजी आन्दोलन हुलदंगामा परिणत भयो: आयोग
काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन शान्तिपूर्ण हुने भनिए पनि सुधन गुरुङले नेतृत्व लिएपछि आन्दोलन हुलदंगामा परिणत भएको निष्कर्ष निकालेको छ। आयोगकी सदस्य लिली थापाको नेतृत्वमा गठन गरिएको अनुसन्धान तथा छानबिन समितिको प्रतिवेदन बिहीबार सार्वजनिक गर्दै आयोगले गुरुङको संलग्नतामाथि थुप्रै प्रश्न उठाएको छ। पूर्व गृहमन्त्रीसमेत रहेका गुरुङ यसै पनि जेनजी होइनन्। ...

दुर्गा प्रसाईं विरुद्धको अनुसन्धान पूरा, प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस

दुर्गा प्रसाईं विरुद्धको अनुसन्धान पूरा, प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस
पर्सा प्रहरीले हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान पूरा गरी सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ। जेठ ४ गते वीरगन्जको दियालो होटलबाट पक्राउ परेका प्रसाईंविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ र राज्यविरुद्धको कसुरमा मुद्दा चलाउन सुझाव दिएको छ। विभिन्न युट्युब च्यानलमा महिलाहरूमाथि अपशब्द प्रयोग गरेको तथा सेना र प्रहरी जस्ता राज्यका निकायलाई होच्या...

कांग्रेस कार्यालयमा नेविसंघको धर्ना

कांग्रेस कार्यालयमा नेविसंघको धर्ना
काठमाडौँ– पार्टीभित्र देखिएको मदभेद थप उत्कर्षतिर जान थालेपछि कांग्रेससम्बद्ध विद्यार्थी संघ नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पार्टी कार्यालयमा धर्ना दिएका छन्। ललितपुरस्थित कांग्रेस केन्द्रीय कार्यालयमा आइतबार उनीहरूले धर्ना दिएका हुन्। पार्टीभित्र एकता कायम गर्न, १२औँ महाधिवेशनको मिति घोषणा गर्न तथा संगठनलाई चलायमान बनाउन दबाबस्वरूप सांकेतिक विरोध प्रदर्शन गरिएको नेविसंघले जानकारी गराएको छ। ...

आज पनि लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै

आज पनि लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
दाङ- लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आज बस्ने चौथो बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफल जारी रहने भएको छ । आज शनिबार दिउँसो १ बजे बस्दै गरेको बैठकमा ‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’माथि प्रदेश सभा सदस्यहरूबीच छलफल हुने भएको हो । शुक्रबार पनि १० जना प्रदेश सभा सदस्यले छलफलमा भाग लिनुभएको थियो । बैठकमा प्रदेश सभा...

नयाँ मन्त्रालय कार्यान्वयन गर्न राष्ट्रपतिले गरे मन्त्रीहरूको कार्यविभाजन

नयाँ मन्त्रालय कार्यान्वयन गर्न राष्ट्रपतिले गरे मन्त्रीहरूको कार्यविभाजन
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रालय कार्यान्वयन गर्नका लागि मन्त्रीहरूको कार्यविभाजन गरेका छन्। जसअनुसार प्रधानमन्त्री बालेन्द्र साहले रक्षा, गृहसहित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका छन्।

सुदन किराँतीले पाए श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी

सुदन किराँतीले पाए श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी
विराटनगर/ श्रम संस्कृति पार्टीमा सुदन किराँती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन् । नयाँ जिम्मेवारीअनुसार सुदन किराती वरिष्ठ नेता, प्रकाश विकल्प उपाध्यक्ष र सचिवमा टीकाराम राई रहेका छन् । सो पार्टीमा किराँतीको समूह समावेश भएसँगै पार्टीको भूमिका थप प्रभावकारी हुने र सदनदेखि सडकसम्म बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने सो पार्टी सचिव टीकाराम राईले जानकारी दिए । उनका अनुसार पार...

बालेनले नागरिकको घर मात्र होइन, सपना समेत भत्काए : दुर्गा प्रसाईँ

बालेनले नागरिकको घर मात्र होइन, सपना समेत भत्काए : दुर्गा प्रसाईँ
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले प्रधानमन्त्री बालेन शाहले नागरिकको घरमात्र नभएर सपना समेत भत्काएको आरोप लगाएका छन्। निर्वाचन सम्पन्न भएको २ महिना पुग्दा नपुग्दै रास्वपालाई मतदान गरेका मतदाता पछुताउने अवस्थामा पुगेको उनको भनाइ छ । प्रसाईँले भने, 'हिजो विदेशमा रहेका दाजुभाइहरूले घरमा फेन नगरेर घण्टीमा भोट नहाले घर नै आउँदिन भ...

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
काठमाडौं। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा ‘मूल्य पारदर्शिता सप्ताह’ आयोजना गर्न लागिएको हो। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहालले आमनागरिकको...

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे निर्विरोध चयन

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे निर्विरोध चयन
काठमाण्डाै – नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध चयन हुनुभएको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेतामा निर्विरोध चयन गरेको हो । लामो रस्साकस्सीपछि कांग्रेसले संसदीय दलको नेता चयन गरेको हो । यसअघि आजै बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई निर्विरोध संसदीय दलको नेता बनाउने विषयमा सहमति जुटाएको थियो । संसदीय दलको नेतामा...