रौतहट ४ को मतगणना सुरु, ऋषि धमलाले जित्लान्?
रौतहट। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको रौतहट क्षेत्र ४ को मतगणना सुरु भएको छ। निर्वाचन अधिकृत उद्धव ढोडारीले दिएको जानकारीअनुसार गढीमाई नगरपालिका–९ को इनर्वाटोलको मतपेटिका खुलेको छ।
मतगणना चन्द्रनिगाहपुरको जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा भइरहेको छ। जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार यस क्षेत्रमा एक लाख १० हजार ३१४ मतदाता रहेकामा ६९ हजार ९५३ मत खसेको छ। चार...









