समावेशी लोकतन्त्र र सामाजिक न्यायलाई व्यवहारमा उतार्नुपर्छ- उपराष्ट्रपति यादव
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको संविधानको मूल मर्म समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अवसर भएकाले त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।
३२औँ विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघले काठमाडौँको टुँडिखेलमा आयोजना गरेको मूल समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले राज्यका हरेक तहमा समानुपातिक पहुँच सुनिश्चित गर्नुपर्न...









