प्राइम कमर्सियल बैंकको ३ अर्ब बराबरको ऋणपत्र बिक्री खुला
काठमाडौं। प्राइम कमर्सियल बैंकले आजदेखि ऋणपत्र बिक्री खुलाएको छ। बैंकले प्रतिऋणपत्र १,००० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो।
ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन हुनेछ।
सर्वसाधारणका लागि छुट्टयाइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट...









