सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर
भोजपुर । किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै गएको छ । व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका यहाँका किसानले बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सबल बन्दै गएका छन् । सडक पहुँच विस्तार भएपछि स्थानीय बजारमा मात्र सीमित रहेको सुन्तला अहिले बाहिरी जिल्लासम्म पुग्न थालेको हो । विगतमा यातायात सुविधा नहुँदा स्थानीय बजारमै भर पर्नु परेकोमा अहिले बगानमै ठेकेदार...

जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा उपमहानगरपालिकाको कडाई

जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा उपमहानगरपालिकाको कडाई
जनकपुर । जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा कडाई गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले आइतबारदेखि उपमहानगरमा दर्ता रहेको ई–रिक्सा बाहेकलाई नगर भित्र सञ्चालन गर्न नदिने नियम लागू गरेको छ । उपमहानगरपालिकाले धनुषा ट्राफिक कार्यालयको सहयोगमा नगरप्रहरी सहित अन्य ठाउँमा दर्ता भएको ई–रिक्सालाई जनकपुरधाममा प्रवेश गर्न र चलाउनमा निषेध गरेको छ । जनकपुरधामको सडकमा बढ्दै गएको ई–रिक्साको संख्याले पैदलयात्रुसह...

सिरिजङ्गा गोल्डकप : उपाधिका लागि झापा र धरान भिड्दै

सिरिजङ्गा गोल्डकप : उपाधिका लागि झापा र धरान भिड्दै
साहारा लिम्बू फुङलिङ, मङ्सिर २९ गते । ताप्लेजुङको तेल्लोकमा जारी पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको उपाधिका लागि सोमबार झापा र धरानबिच प्रतिस्पर्धा हुँदैछ । झापाको न्यु स्टार क्लब बिर्तामोड र धरानको मरिक फुटबल क्लब उपाधि आफ्नो पोल्टामा पार्ने योजन सहित मैदान उत्रदै छन् । सेमिफाइनमा धरानले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई ट्राइबेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरे...

मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण

मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण
तनहुँ। मुग्लिन पोखरा सडकखण्डअन्तर्गत व्यास नगरपालिका–४ र ५ स्थित मादी नदीमा निर्माणाधीन चार लेनको पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निरीक्षण गर्नुभएको छ । सो अवसरमा उहाँले यहाँ निर्माण हुँदै गरेको चार लेनको पुल पर्यटकीय हिसाबले आकर्षण रहेको भन्दै पर्यटकलाई यसले लोभ्याउने चर्चा गर्नुभयो । मुग्लिन पोखरा सडकखण्ड निर्माणको अन्तिम चरणमा रहेको भन्दै उहाँले यसले काठमाडौँ र पोखरा...

मंसिर २९ गते सोमबार, यस्तो छ तपाईको राशिफल

मंसिर २९ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । आज तपाइलाई परिवार तथा साथीभाइको सहयोग प्राप्त होला । साथै धन लाभको पनि योग रहेको छ । व्यापार व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आय आर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ ।...

बेवारिसे अवस्थामा ३ सय ८७ किलो ग्राम गाँजा बरामद

बेवारिसे अवस्थामा ३ सय ८७ किलो ग्राम गाँजा बरामद
सुनसरी, मंसिर २८ गते । सुनसरीको कोशी गाउँपालिका-८ स्थितबाट ३ सय ७७ किलोग्राम र इनरुवा नगरपालिका-३ स्थतिबाट १० किलोग्राम गाँजा प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको छ । मंसिर २७ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले कोशी गाउँपालिका-८ स्थितमा ११ वटा बोरामा रहेको ३ सय ७७ किलोग्राम गाँजा, इनरुवा नगरपालिका-३ स्थितबाट १० किलोग्राम गाँजा र २ ग्राम १८० मिलिग्राम लागुऔषध ब्राउन...

दुहवी नगर आधारभूत अस्पतालको समुद्घाटन

दुहवी नगर आधारभूत अस्पतालको समुद्घाटन
रोशन पोखरेल, इटहरी । सुनसरीको दुहवी नगरपालिकामा नवनिर्मित १५ शय्याको दुहवी नगर आधारभूत अस्पताल सञ्चालनमा आएको छ । आइतबार दुहवी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले अस्पतालको औपचारिक उद्घाटन गरेपछि सञ्चालनमा आएको हो । गच्छदारले ग्रामीण क्षेत्रमा नै अत्याधुनिक उपकरणसहित न्यून शुल्कमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको बताए । दुहवीवासीको साथ, सहयोग र विश्वासकै ...

मुआब्जाको विषयले खोटाङको माथिल्लो रावाखोला आयोजना बन्द

मुआब्जाको विषयले खोटाङको माथिल्लो रावाखोला आयोजना बन्द
खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना बन्द गराएका छन् । प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएको भन्दै उनीहरुले असन्तुष्टी जनाएका छन् । विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनीले तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द गराएका हुन् । मङ्सिर ६ गते प्रवर्द्धक कम्पनीका प्र...

भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो टि–२० खेल आज

भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो टि–२० खेल आज
काठमाण्डौ – भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो टि–२० खेल आज हुँदैछ । खेल धर्मशालामा नेपाली समयअनुसार बेलुका सवा ७ बजे शुरू हुनेछ । पाँच खेलको टि–२० श्रृंखला एक/एकको बराबरीमा छ । पहिलो खेल भारतले एक सय एक रनले जितेको थियो भने दोस्रो खेलमा भारत दक्षिण अफ्रिकासँग ५१ रनले पराजित भएको थियो । चौथो खेल बुधवार र पाँचौ तथा अन्तिम खेल शुक्रवार हुनेछ ।

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो
वीरगञ्ज (पर्सा), मङ्सिर २८ गते । वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफूल, तरकारी तथा अन्य पसल हटाएर उद्यानलाई थप व्यवस्थित गर्न लागेको महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो । उहाँले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क नि...