साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात
काठमाडौँ, भदौ ३१ गते । नेपालले श्रीलङ्काको कोलम्बोमा जारी साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
सोमबारदेखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलङ्कालाई २–० गोलले हरायो । नेपालको जितमा दुवै गोल समीर कुमारले गर्नुभयो ।
उहाँले ५२औँ र इन्जुरी समयमा गोल गर्दै नेपालको जित पक्का बनाउनुभएको थियो । श्रीलङ्का पहिलो हाफमै १० खेलाडीमा समेटिएपछि नेपाललाई फाइदा भएको थि...









