विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले गतराति १० बजेदेखि लगाउँदै आएको कफ्र्यु हटाएको छ । जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी आज बिहान १० बजेसम्मको कफ्र्यु तथा निशेधाज्ञा हाललाई स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले जानकारी दिनुभयो । पूर्व प्रधानन्यायाधीश सुशिला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएसँगै कफ्र्यु तथा निशेधाज्ञा हटाएर सरकारले शान्ति सुरक्षा बहाल भएको सन्देश दिने प्रयत्न गरेको छ ।

तपाईको प्रतिक्रिया