पहिलो पटक आयोजना गरिएको खुला राष्ट्रिय ईनलाइन स्केट मिनी म्याराथनमा साम्देन र निमीशा प्रथम
काठमाडौँ । नेपालमै पहिलो पटक आयोजना गरिएको खुला राष्ट्रिय ईनलाइन स्केट मिनी म्याराथनमा साम्देन गेल्बु शेर्पा र निमीशा पाख्रिन प्रथम भएका छन् । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका देखि सुन्दरी जल, आलापोट चोक हुँदै गोकर्णेश्वर नगरपालिकाको तालिन्चोकस्थित द स्केटल्याण्डको पार्कसम्म करिब ५ किलोमिटर बराबरको दुरीमा भएको स्केट मिनी म्याराथनमा पुरुष तर्फ साम्देन र महिला तर्फ निमीशा प्रथम भएका हुन् ।
...









