तमोर नदीमा मोटर गुड्ने काठको अस्थायी पुल निर्माण
चन्द्र पन्दाक
ताप्लेजुङ, पुस १० गते। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले तमोर नदीमा मोटर गुड्ने काठको अस्थायी पुल निर्माण गरेको छ। यातायात सञ्चालनका लागि पक्की मोटरेवल (मोटर गुड्ने) पुल नभएका कारण गाउँपालिकाले तमोर नदीमा काठको अस्थायी पुल निर्माण गरेको हो।
गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको वडा नम्बर-५, तापेथोक वडा नम्बर-६, लेलेप जोड्नेगरी तापेथोकबगरस्थित तमोर नदीमा मोटर गुड्ने काठको अस्थाय...









