काठमाडौँ- साहित्यकार कुमार नगरकोटीको कविता र सङ्गीतको विशेष जुगलबन्दी ‘यदाकदाः साङ्गीतिक काव्य सन्ध्या’ आज पुस १० गते राजधानीको राष्ट्रिय सभागृहमा आयोजना हुँदैछ।

कम्युनिकेट टेक्नोलोजी प्रालिको आयोजनामा हुने कार्यक्रममा नगरकोटीले आफ्ना चर्चित तथा नवीनतम् कविताहरू वाचन गर्नेछन् भने युवा सङ्गीतकार अनुप तिमिल्सिनाले सङ्गीतिक साथ दिनेछन्।

साँझ ५ देखि ७ः३० बजेसम्म चल्ने कार्यक्रममा कविता र सङ्गीत सहसंवादका रूपमा प्रस्तुत हुने आयोजकले जनाएको छ।

टिकटहरू इसेवा र थुप्रै डट कममार्फत उपलब्ध छन्।

तपाईको प्रतिक्रिया