आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस
काठमाण्डौ – ‘सबै तहका सरकार, सबै नागरिकको तयारी : भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
१९९० साल माघ २ गते गएको विनाशकारी महाभूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो । यस दिवसको उद्देश्य भूकम्पबाट हुने क्षतिको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्नु हो । १९९० साल माघ २ गते दिउँसो २ ब...









