काठमाडौं । नेपाल आयल निगमले घटाएको पेट्रोल, डिजेल र हवाई इन्धनको नयाँ मूल्य शुक्रबारदेखि लागू भएको छ ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटेको हो । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँले घटेको छ । निगमले नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १ सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर १ सय ३६ रुपैयाँ कायम भएको जनाएको हो ।

इन्डियन आयल कर्पोरेसनबाट माघ १ गते प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया