मेष
मनग्य धन कमाउने अवसर मिल्नेछ । अरूको मन सजिलै जित्न सकिनेछ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लाग्ने समय छ । कृषि तथा पशुपालनबाट लाभ लिन सकिनेछ । तर काम प्रति रुचि घट्न सक्छ र मनमा नकारात्मक विचारले स्थान लिन सक्छन् ।
वृष
अरूबाट तपाईंका कामको उच्च मूल्याङ्कन हुने संकेत छ । बोलीको कदर हुनेछ । कुनै विशेष खुसीको समाचार सुन्न पाइएला । राम्रो कामका लागि अनुकूल वातावरण मिल्नेछ । दुःखीलाई दिएको सहयोगले रोकिएका काम बन्न सक्छन् । धन लगानी गर्ने अवसर प्राप्त हुनेछ ।
मिथुन
व्यवसायिक क्षेत्रमा लाभदायक समय छ । पुराना इष्टमित्र तथा प्रेमी प्रेमिकासँग भेटघाट हुने योग छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा अपेक्षित सफलता मिल्नेछ । सहयोग, पुरस्कार र हौसला प्राप्त हुनेछ । बिग्रिएका काम बन्नेछन् ।
कर्कट
बोलीको विपरीत अर्थ लाग्न सक्छ, त्यसैले बोली नियन्त्रणमा राख्नु उपयुक्त हुनेछ । व्यापारमा हानी हुन सक्छ र कर्मचारीबाट अपजस व्यहोर्नु पर्ला । यात्रा घातक बन्न सक्छ । विश्वास गरेका व्यक्तिबाट नै धोका पाउने सम्भावना छ । यात्रा नगर्नु नै उचित देखिन्छ ।
सिंह
विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुन सक्छ । पारिवारिक समस्याले मन खिन्न बनाउनेछ । अध्ययन, अध्यापन र लेखनमा खासै रुचि नदेखिन सक्छ । चोट पटकको सम्भावना छ । माता पिताको स्वास्थ्यमा केही कमजोरी देखिन सक्छ । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ ।
कन्या
मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठन पाठनमा प्रगति हुनेछ र नसोचेका कामहरू सम्पन्न हुनेछन् । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता बढ्नेछ । विपरीत लिङ्गीबाट सहयोग प्राप्त हुनेछ । प्रशस्त धन आर्जन गर्ने अवसर छ । कर्म प्राप्तिको योग बलियो छ र राम्रो सफलता मिल्नेछ ।
तुला
समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ । व्यवसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषजनक रहनेछ । व्यवसायबाट प्रशस्त लाभ उठाउन सकिनेछ । प्रतिस्पर्धीहरू पराजित हुन सक्छन् ।
वृश्चिक
सानातिना काम तथा घरेलु समस्यामै समय बित्नेछ । प्रत्येक काममा बाधा अडचन आउने सम्भावना छ । वादविवादमा फस्ने र प्रतिफल नआउने क्षेत्रमा लगानी हुन सक्छ । बौद्धिक तथा सृजनात्मक क्षेत्रमा भने सफलता मिल्नेछ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाज प्रभावित हुन सक्छ ।
धनु
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक कार्यतर्फ मन जानेछ । दाम्पत्य जीवन सुखद र समृद्ध रहनेछ । आम्दानी उल्लेख्य रूपमा बढ्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ । अध्ययन अध्यापन क्षेत्रमा प्रगतिको समाचार सुन्न पाइनेछ ।
मकर
काममा माता पिताको सहयोग प्राप्त हुनेछ । माता पिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित बनाउनेछ । सवारी साधन प्राप्तिको योग छ । व्यापारमा लाभ हुनेछ । समाजमा प्रतिभाको कदर हुनेछ । धर्म कर्म प्रति रुचि बढ्नेछ । खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरूका लागि समय उत्साहजनक छ ।
कुम्भ
सन्तान वा अनुयायीमार्फत फाइदा लिन सकिनेछ । यात्राको योग छ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन् । जग्गा जमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । समाजमा आलोचकहरूको संख्या बढ्न सक्छ । आकस्मिक यात्राको सम्भावना छ ।
मीन
शरीरमा आलस्य र थकान महसुस हुनेछ । अप्रिय समाचारले मन खिन्न बनाउन सक्छ । मानसिक तनाव बढ्ने सम्भावना छ । आकस्मिक स्वास्थ्य समस्या देखिन सक्छ । खर्च बढ्नेछ र शारीरिक आलस्यता पनि बढ्न सक्छ । विश्वास गरेका व्यक्तिबाट धोका पाउने सम्भावना छ ।





