गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द

गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द
काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन बन्द रहेको छ । प्रहरीले अर्को सूचना जारी नभएसम्म यी सडकमा सवारी सञ्चालन नगर्न आग्रह गरेको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार धादिङको गजुरीदेखि गल्छीसम्म विभिन्न स्थानमा लेदोले सडक ढाकेकोर सडकमा ठूलो मात्रामा लेदो जमेकाले तत्काल सवारी सञ्चालन गर्न सक्ने अवस्था रहेको छैन । ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १६२ पुग्यो

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १६२ पुग्यो
काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १६२ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ । बाढीपछि उद्धार, खोजी तथा सुरक्षा व्यवस्थाका लागि ३३९ जना प्रहरी परिचालन गरिएको छ भने प...

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए
चितवन।तिब्बतबाट आएको बाढीसँगै भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीमा त्रिशूली र नारायणी नदीमा ६४ शव भेटिएका छन्। भेटिएका शव सग्लो र शरीरका अंग मात्रै पनि छन्। भेटिएका शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालयमा चितवन प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए। उनका अनुसार अनुसार तनहुँमा भेटिएका ९ शव चितवन पठाइएको भए पनि यहाँ राख्ने ठाउँ नभएर पुनःतनहुँ नै फिर्ता गरि...

रसुवागढी भन्सारमा कार्यरत कर्मचारीमध्ये १५ जना सम्पर्कविहीन, ८ जनालाई हवाई उद्धारमार्फत काठमाडौं ल्याइयो

रसुवागढी भन्सारमा कार्यरत कर्मचारीमध्ये १५ जना सम्पर्कविहीन, ८ जनालाई हवाई उद्धारमार्फत काठमाडौं ल्याइयो
काठमाडौं। भोटेकोसीमा अकस्मात बाढी आएपछिको विपत्तिका कारण ठूलो जनधनको क्षति पुगेको छ। अर्थ मन्त्रालयका अनुसार रसुवागढी भन्सार कार्यालयमा कार्यरत ८ कर्मचारीलाई हवाई उद्धार गरी काठमाडौं ल्याइएको छ भने १५ जना अझै सम्पर्कविहीन छन्। नासु धर्मराज शाही र तिलक पराजुलीलाई घाइते अवस्थामा काठमाडौं ल्याइएको छ। उनीहरुको अहिले नर्भिक अस्पतालको आकस्मिक कक्षामा उपचार जारी छ। उनीहरु दुवैलाई अर्थमन्त्री डा स्वर...

भोटेकोसी बाढी प्रभावित घाइतेलाई बिहानैदेखि हेलिकोप्टरमार्फत उद्धार

भोटेकोसी बाढी प्रभावित घाइतेलाई बिहानैदेखि हेलिकोप्टरमार्फत उद्धार
काठमाडौं। रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरमार्फत उद्धार गर्न थालिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेर अघि सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने न...

रसुवाका बाढीपीडितका लागि सेनाका ८ ट्रकमार्फत राहत सामग्री पठाइयो

रसुवाका बाढीपीडितका लागि सेनाका ८ ट्रकमार्फत राहत सामग्री पठाइयो
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री पठाइएको छ।गृह मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री बोकेका सेनाका आठ वटा सवारीसाधन बिहीबार राति प्रभावित क्षेत्रतर्फ पठाइएको हो। प्रभावित नागरिकका लागि पठाइएका राहत सामग्रीमा ५०० थान मच्छरदानी, १ हजार थान बालबालिकाका डिग्निटी किट, २२० थान स्लिपिङ ब्या...

भोटेकोशी बाढी : प्रभावितको उद्धार र पुनस्र्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सरकारको अपिल (बैंक खाता विवरणसहित)

भोटेकोशी बाढी : प्रभावितको उद्धार र पुनस्र्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सरकारको अपिल (बैंक खाता विवरणसहित)
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान भीषण बाढी आउँदा ठूलो जनधनको क्षति भएको छ । बिहान ८:४० बजे नदीमा आएको बाढीका कारण रसुवासहित तटीय क्षेत्रमा पर्ने नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लाहरू नराम्ररी प्रभावित बनेका छन् । यस विपद्बाट प्रभावित नागरिकहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरी खाना–बस्नको प्रबन्ध मिलाउनुका साथै दीर्घकालीन रूपमा पुनस्र्थापना गर्न आवश्यक रहेको भन्दै ...

खेलाडी सरूवा गराउदाँ करोडौं कमाए युरोपियन क्लबहरूले, यस्तो छ कमाइ

खेलाडी सरूवा गराउदाँ करोडौं कमाए युरोपियन क्लबहरूले, यस्तो छ कमाइ
काठमाडौं, ११ भदौं । प्रिमियर लिगका क्लबहरू सामान्यतया खेलाडी सरुवा बजार अर्थात ट्रान्सफर मार्केटमा ठूलो रकम खर्च गर्ने कुराका लागि चिनिन्छन्, तर यस गर्मीको सिजनमा कतिपय क्लबहरूले खेलाडी बिक्रीबाट पनि उत्तिकै चर्चा बटुलिरहेका छन्।   एस्टन भिल्ला, म्यानचेस्टर सिटी र न्युक्यासल युनाइटेडले एउटै ‘ट्रान्सफर विन्डो’ अर्थात खेलाडी सरुवा अवधिमा प्राप्त गरेको आम्दानीका आधारमा सर्वकालीन शीर्ष ६ को सूची...

कस्तो छ आजको मौसम पूर्वानुमान ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जानकारी दिएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम...

बेपत्ता नागरिकको खोजी तीव्र बनाउन पूर्वराजा ज्ञानेन्द्रको आग्रह

बेपत्ता नागरिकको खोजी तीव्र बनाउन पूर्वराजा ज्ञानेन्द्रको आग्रह
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव बढ्दा रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका नदी तटीय क्षेत्रका बजार, बस्ती तथा नागरिक प्रभावित भएको बताएका छन्। बाढीबाट सडक, पुल, विद्युत् आयोजना, खेतीपाती लगायतका भौतिक ...