एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन
काठमाडौँ- आक्रामक रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन ५३ वटा फर्मको विवरण लिएको छ ।
विभागले विभिन्न व्यापारिक प्रतिष्ठान, फर्म तथा पसलहरूमा बिलबिजक जारी भए/नभएको, उपभोक्तालाई दिनुपर्ने जानकारी दिए/नदिएको तथा उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्था परिपालना भए/नभएको बारेमा अनुमगन गर्दै आएको छ ।
पछिल्ला दिनमा विभागले ठूलो सङ्ख्यामा व्याव...









