शान्ति युवा क्लब सातौँ वर्षमा प्रवेश
विराटनगर । सामाजिक सेवामा सक्रिय शान्ति युवा क्लबले स्थापना भएको ६ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ ।
क्लबका अध्यक्ष विपुल चौधरीले क्लबले विगत ६ वर्षदेखि समाजसेवा, शिक्षा, स्वास्थ्य, खेलकुद तथा वातावरण संरक्षणका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको जानकारी दिए । उनले कोरोना महामारीका समयमा मास्क, सेनिटाइजर तथा खाद्यान्न वितरण गरी असहाय तथा विपन्न ...








