एघार महिनामा ६ हजार विपद्का घटना

एघार महिनामा ६ हजार विपद्का घटना
काठमाडौँ- गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४६४ जनाको ज्यान गएको छ । विपद्का कारण ३८ जना बेपत्ता हुँदा एक हजार ८१४ घाइते भएका छन् । विपदका कारण १२ हजार ४५८ घरपरिवार प्रभावित भएको प्राधिकरणले उपलब्ध गराएको विवरणमा उल्लेख छ । प्राधिकरणको विवरणअनुसार सो अवधिमा सबैभन्द...

उपभोक्ता ठगी रोक्न अनुगमन तीव्र, १,२९८ व्यवसायी कारबाहीमा

उपभोक्ता ठगी रोक्न अनुगमन तीव्र, १,२९८ व्यवसायी कारबाहीमा
विराटनगर — गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले छड्के अनुगमनका क्रममा अनियमित नापतौल प्रयोग गर्ने १ हजार २ सय ९८ व्यापारिक संस्थामाथि कारबाही गरेको जनाएको छ। कार्यालयका प्रमुख शम्भुकुमार झाले सीमित जनशक्ति र फराकिलो कार्यक्षेत्रका बाबजुद अनुगमन तथा कारबाहीको काम निरन्तर रूपमा भइरहेको जानकारी दिए। चालु आर्थिक वर्ष २०८२/०८३ को माघ महिनासम्म नापतौल तथा नाप्ने–तौलने यन्त्र प्रयोगका लागि ४ सय २...

एनआरएनएमा यी उम्मेदवार भए सर्वसम्मत, अधिकांश रोविन शेरचन टिममा

एनआरएनएमा यी उम्मेदवार भए सर्वसम्मत, अधिकांश रोविन शेरचन टिममा
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले उम्मेदवारको पहिलो नामावली प्रकाशन गरेको छ। आगामी सन् २०२६/२७ कार्यकालका लागि हुन लागेको निर्वाचनमा विभिन्न महत्त्वपूर्ण पदहरुमा उम्मेदवारहरु निर्विरोध (सर्वसम्मत) चयन भएका छन्। निर्धारित पद संख्याभन्दा बढीको उम्मेदवारी नपरेपछि उनीहरु सर्वसम्मत भएका हुन्। यसरी सर्वसम्मत हुनेमा अधिकांश उम्मे...

वाणिज्य विभागद्वारा १३ फर्ममाथि अनुगमन, दुईवटालाई ३० हजार जरिवाना

वाणिज्य विभागद्वारा १३ फर्ममाथि अनुगमन, दुईवटालाई ३० हजार जरिवाना
काठमाडौं। नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १३ वटा फर्ममाथि अनुमगन गरेको छ। अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ। विभागले सिन्धु फलफूल तथा फ्रेस सेन्टर मध्यपुर थिमीलाई २० हजार र पञ्चकन्या त्रिदेव डेरी पसल नयाँ बानेश्वरलाई १० हजार जरिवाना गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम ती दुई फर्ममाथि ...

निर्वाचनको दिन पनि बैकिङ कारोबार हुने

निर्वाचनको दिन पनि बैकिङ कारोबार हुने
काठमाडौँ / नेपाल राष्ट्र बैंकले निर्वाचनको बिदाका दिन पनि सीमित बैकिङ सेवा सञ्चालनमा राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सीमित बैकिङ कारोबार खुला राख्न निर्देशन दिएको हो । फागुन २१ गतेका दिन हुने प्रतिनिधि सभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ । बैंकले सरकारी कारोबार गर्ने एजेन्सी बैंक तथा राजनीतिक दल र उम्मेदवारका निर्वाचन प्रचारप्रसार बैंक खाता सञ...

श्रम स्वीकृति अनलाइनबाट

श्रम स्वीकृति अनलाइनबाट
काठमाडौँ, फागुन २० गते । वैदेशिक रोजगार विभागले फागुन २० देखि २२ गतेसम्मको सार्वजनिक बिदामा अनलाइनबाट श्रम स्वीकृति दिने व्यवस्था गरेको छ । विभागले मङ्गलबार सूचना सार्वजनिक गर्दै विभागको कार्यालयका कर्मचारी निर्वाचनमा खटिनुपर्ने भएकाले श्रम स्वीकृतिसम्बन्धी कार्य अनलाइनबाट दिने व्यवस्था गरेको जनाइएको हो । विभागका अनुसार खाडीका देशमा श्रम स्वीकृति रोकिएको छ । अन्य देशको त्यति चाप नहुने हुँदा अन...

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
काठमाडौँ, फागुन २० गते । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन् । नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपाली श्रमिकलाई आग्रह गरेको छ । दूतावासका अनुसार नेपाली नागरिकको अवस्थासम्बन्धी तथा आव...

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान
भोजपुर। केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ। बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन्। अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ। उत्पादन भएको कफी घरबाटै बिक्री हुन थालेपछि किसानलाई बजार खोज्नुपर्ने झन्झट कम भएको छ भने आम्दानीसमेत बढेको छ। जिल्लाका हतुवागढी गाउँपालिकाका सिन्द्राङ, होम्ताङ, लु...

चिनियाँ ग्रेटवाल मोटरको ब्राजिलमा बजार विस्तार, वार्षिक २ लाख सवारीसाधन उत्पादन कारखाना खोल्दै

चिनियाँ ग्रेटवाल मोटरको ब्राजिलमा बजार विस्तार, वार्षिक २ लाख सवारीसाधन उत्पादन कारखाना खोल्दै
काठमाडौं। चिनियाँ अटो निर्माता कम्पनी ग्रेटवाल मोटर्सले ब्राजिलको एस्पिरितु सान्तो राज्यमा वार्षिक २ लाख सवारी उत्पादन क्षमताको नयाँ उत्पादन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ। यो घोषणा फेब्रुअरी २४ मा ग्रेटवाल मोटर्स (जीडब्लुएम)का अधिकारी र एस्पिरितु सान्तो राज्य सरकारका प्रतिनिधिबीच भएको भेटवार्ताका क्रममा गरिएको हो। नयाँ कारखाना अराक्रुज इन्डस्ट्रियल पार्कको बारा डो रियाचो क्षेत्रमा अवस्थि...

नेपाल टेलिकमको ग्रुप एसएमएस प्याकेज, एकैपटक १० हजारसम्म एसएमएस पठाउन सकिने

नेपाल टेलिकमको ग्रुप एसएमएस प्याकेज, एकैपटक १० हजारसम्म एसएमएस पठाउन सकिने
काठमाडौं। सरकारी स्वामित्वको नेपाल टेलिकमले मोबाइल प्रयोगकर्ताका लागि सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा उपलब्ध गराएको छ। टेलिकमले एकैपटक धेरै व्यक्तिलाई सूचना प्रवाह गर्ने गरी दुई हजारदेखि १० हजारसम्म सन्देश पठाउन सकिने प्याकेज सार्वजनिक गरेको हो। एउटै सन्देश ठूलो संख्यामा ग्राहक, कर्मचारी, सेवाग्राही वा सदस्यसम्म पुर्याउनुपर्ने व्यक्ति तथा संस्थाले यो सेवाबाट लाभ लिन सक्नेछन्। शैक्षिक संस्था,...