९७ लाखमा प्रधामन्त्री रोजगार कार्यक्रम सम्पन्न
दोलखा, साउन २३ गते । सदरमुकाम चरीकोटस्थितको भीमेश्वर नगरपालिकामा ९७ लाखभन्दा बढीको लागतमा प्रधामन्त्री रोजगार कार्यक्रमअन्तर्गत विभिन्न काम सम्पन्न भएका छन् ।
आर्थिक वर्ष २०८१/०८२ मा नेपाल सरकारको ३४ लाख र विश्व बैंकको ६३ लाख ३९ हजार गरी कुल ९७ लाख ३९ हजारका विभिन्न काम सम्पन्न भएका कार्यक्रम सयोजक डम्बरप्रसाद ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सूचीकृत भएका एक हजार ७१६ बेरोजगारमध्ये ७६ ...









