एसीसी महिला टी–२० प्रिमियर कपको क्वार्टरफाइनलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै
काठमाण्डौ - एसीसी महिला टी–२० प्रिमियर कप क्रिकेटअन्तर्गत पहिलो क्वार्टरफाइनल खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दैछ ।
खेल मलेसियाको बायुमास ओभलमा नेपाली समयअनुसार बिहान सवा ७ बजे शुरु हुनेछ । समूह ‘ए’ को विजेताका रूपमा थाइल्याण्ड तथा समूह ‘डी’ को उपविजेताका रूपमा नेपाल क्वार्टरफाइनलमा पुगेका हुन् । सेमिफाइनलमा पुग्न नेपालले यो प्रतियोगिताको बलियो टोली थाइल्याण्डलाई हराउनुपर्नेछ ।
नेपाल सम...









