काठमाण्डौ – काठमाण्डौमा राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनशिप हुने भएको छ । नेपाल क्लाइम्बिङ स्पोर्ट संघको आयोजनामा आउँदो शनिवार नेसनल स्पाेर्ट क्लाइम्बिङ च्याम्पियनशिप हुन लागेको हो ।
प्रतियोगिता काठमाण्डौको कालोपुलमा रहेको स्पोर्ट क्लाइम्बिङ सेन्टरमा सञ्चालन हुने आज काठमाण्डौमा पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिएको छ । संघले विश्व क्लाइम्बिङ महासंघको सदस्यसमेत रहेको प्रतियोगिता अन्तर्राष्ट्रिय मापदण्डअनुरूप हुने भएको छ । यस प्रतियोगितामा बोल्डरिङ विधामा मात्र प्रतिस्पर्धा हुनेछ ।
आर्थिक समस्या र छोटो तयारीका कारण एउटा मात्र विधामा समावेश गर्नुपरेको संघका अध्यक्ष रमेश पौडेलले जानकारी दिनुभयाे । देशका सात वटै प्रदेशबाट १७ वर्षभन्दा माथिका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताअन्तर्गत महिला तथा पुरुष दुवै विधाको छनाेट चरण शुरू हुनेछ । छनाेट चरणबाट उत्कृष्ट प्रदर्शन गर्ने महिला र पुरुषगरी समान आठ खेलाडी फाइनल चरणका लागि छनोट हुनेछन् ।
दुवै विधाका मा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले नगद पुरस्कार पाउनेछन् । पहिलाे हुने खेलाडीले ३० हजार, दाेश्राेले २० हजार र तेश्राे हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा ५० खेलाडीले प्रतिस्पर्धा गर्ने र अहिलेसम्म २३ जना खेलाडी नाम दर्ता गराइसकेका छन् । नेपालमा क्लाइम्बिङ खेलको विकास र प्रवर्द्धन गर्नु खेल आयोजना गरिएको संघले जनाएको छ ।







