सुविन भट्टराईको उपन्यास समर लभ अब मञ्चमा हेर्न पाइने छ । कान्तिपुर फिल्म एकेडेमीले समर लभलाई नाटकका रूपमा मञ्चन गर्न लागेको हो ।
आगामी साउनदेखि कान्तिपुर एकेडेमीमा नाटक मञ्चन हुनेछ । लेखक भट्टराई भन्छन्, ‘अतित, साया, प्रतिक्षा, किरण र सुस्मितालाई श्रावणमा भेट्नुपर्छ है, कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा !’
अतित, साया, प्रतिक्षा, किरण र सुस्मिता समर लभ उपन्यासका पात्रहरू हुन् ।







