काठमाडौं, ५ असार। प्रहरी हुँ भनि धम्काउने कार्यमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन ।
काठमाडौं महानगरपालिका-३ बस्ने ४७ वर्षीय शैलेश डंगोललाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका-३२ फुटबल ग्राउण्डस्थित प्रहरीले प्रयोग गर्ने वाकीटवाकी सेट देखाई प्रहरी हुँ भन्दै धाक धम्की दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका डंगोल उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







