विराटनगर, असार ०५ गते ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले इलाका प्रहरी कार्यालय अनारमनी झापाको निरीक्षण भ्रमण गर्नु भएको छ । असार ०५ गते निरीक्षण भ्रमणको क्रममा उहाँले सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा उहाँले आफुलाई सुम्पिएको पदिय जिम्मेवारी अनुशासित भई निर्वाह गर्न तथा सेवाग्राहीहरुको समस्या र पिरमार्कालाई उच्च प्राथामिकतामा राखी प्रहरी सेवा प्रदान, लागू औषध ओसार पसार, अवैध चोरी निकासी लगायत अपराधिक घटनालाई नियन्त्रण गरी व्यवसायिक प्रहरीको भुमिका निर्वाह गरी प्रहरी संगठनको गरिमालाई सदैव उच्च राख्न निर्देशन दिनु भएको छ ।

तपाईको प्रतिक्रिया