सुनसरी । क्वारेन्टाइन कार्यालय भण्टाबारी, सुनसरीको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत भन्सार एजेन्ट तथा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ।
बिहीबार क्वारेन्टाइन भण्टाबारीमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, ट्राफिक प्रहरी पशु क्वारेन्टाइन कार्यालय, भन्सार कार्यालयका कर्मचारी, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सीमा नाकामार्फत हुने आयात–निर्यात प्रक्रियालाई प्रभावकारी, सुरक्षित तथा व्यवस्थित बनाउने विषयमा छलफल गरिएको थियो। सम्बन्धित मापदण्ड, समन्वय र कार्यान्वयनका विषयमा सहभागीहरूबीच सुझाव आदानप्रदान भएको थियो।
सरोकारवाला निकायहरूबीच आपसी समन्वय र सहकार्यलाई थप सुदृढ गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले यस्ता अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिइने आयोजक क्वारेन्टाइन कार्यालय भण्टाबारीले जनाएको छ।
भन्सार एजेन्ट तथा सरोकारवालासँग अन्तरक्रिया गोष्ठी सम्पन्न







