काठमाण्डौ – फिफा विश्वकप फुटबलमा घानाले विजयी शुरुआत गरेको छ । समूह ‘एल’ अन्तर्गत अमेरिकामा आज बिहान भएको खेलमा घानाले पानामालाई १–० गोलले पराजित गर्दै महत्त्वपूर्ण तीन अङ्क हात पारेको हो ।

खेलभर दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी कायम थियो । तर इन्जुरी समयमा घानाका युवा फरवार्ड क्यालेब केरान्तीले निर्णायक गोल गरे । खेलको अन्तिम क्षणमा आएको उक्त गोल नै घानाको जीतका लागि पर्याप्त बन्यो । जीतसँगै घानाले समूह ‘एल’ को अङ्क तालिकामा तीन अङ्क जोडेको छ । पनामा भने पहिलो खेलमै पराजित हुँदै अङ्कविहीन बनेको छ ।

घानाले खेलभर संयमित प्रदर्शन गर्दै पनामाको रक्षापंक्तिलाई दबावमा राखेको थियो । पनामाले पनि केही अवसर बनाएको भए पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा हार बेहोर्नुपरेको हो ।

अब समूह ‘एल’ अन्तर्गत घानाले आफ्नो दोस्रो खेलमा इङ्ग्ल्यान्डको सामना गर्नेछ भने पनामाले क्रोएसियासँग खेल्ने तालिका छ । विश्वकपमा अहिले बिहान पौने ८ बजे उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन् ।

तपाईको प्रतिक्रिया