बेइजिङ, ३ असार । चीनले आफ्नो ढोका बन्द गर्दैन बरु बाहिरी विश्वको लागि यसलाई फराकिलो बनाउनेछ।
२०२६ को पहिलो पाँच महिनामा चीनको विदेश व्यापारले स्थिर वृद्धिको गति कायम राखेको छ ।
आयात र निर्यातको कुल मूल्य २०.६८ ट्रिलियन युआन पुगेको छ, जुन अघिल्लो वर्षको भन्दा १५.३५ ले वृद्धि भएको हो।
चिनियाँ सञ्चारमाध्यमका अनुसार विशेष गरी निर्यात ११.८ प्रतिशतले बढेर ११.९१ ट्रिलियन युआन पुगेको छ भने आयात पनि २०.५ प्रतिशतले बढेर ८.७७ ट्रिलियन युआन पुगेको छ।
गत मे महिनामा मात्र कुल आयात र निर्यात मूल्य ४.४५ ट्रिलियन युआन रहेको छ, जुन लगातार तेस्रो महिना ४ ट्रिलियन युआन सीमाभन्दा माथि रहेको छ । गत वर्षको भन्दा यो मे महिनामा त्यसको वृद्धि दर १६.९ प्रतिशतले थप तीव्र भएको छ।







