काठमाडौं। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार संसद्मा बजेट प्रस्तुत गर्दै आगामी आवका लागि चालूतर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ (३४.३१ प्रतिशत) र पुँजीगततर्फ ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँ (६५.६९ प्रतिशत) विनियोजन गरेका छन्।
उनका अनुसार उक्त बजेट कार्यक्रम कार्यान्वयनका लागि खर्च व्यहोर्ने स्रोततर्फ राजस्व तथा बाँडफाँडबाट प्राप्त हुने राजस्वबाट ३० अर्ब १५ करोड ६ लाख रुपैयाँ, अन्य राजस्व स्रोतबाट ७ अर्ब ७३ करोड रुपैयाँ रहेको छ।
संघीय सरकारबाट प्राप्त हुने अनुदानबापत १५ अर्ब ३१ करोड ४८ रुपैयाँ, संचित कोष बचत विविध बचत १२ अर्ब ७६ ७९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। उक्त बजेटको अपुग रकम अन्य संस्था तथा ऋण लगानी फिर्ताबाट ९६ करोड रुपैयाँ पर्याप्त हुने अनुमान गरिएको छ।







