धनकुटा जेठ ३० गते । धनकुटाको महालक्ष्मी नगरपालिकामा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका–९, खाल्डे कटहरेका ४७ वर्षीय रामकृष्ण थापा रहनुभएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार भरुवा बन्दुकको नाल सफा गर्ने क्रममा अचानक बन्दुक पड्किएको थियो। घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको थियो। अस्पताल पुगेपछि चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरी चौकी जितपुरबाट खटिएको टोलीले एकनाले भरुवा बन्दुक नियन्त्रणमा लिएको छ। साथै, जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक पाण्डव राजवंशीको नेतृत्वमा थप प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया