सौगात विष्ट

ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ को वार्षिक कार्यक्रम अनुसार जनताको गुनासो र राय सल्लाह सुझाब सहित जेठ ३० गतेबाट सार्वजानिक सुनुवाइ कार्यक्रम सुरु गर्ने भएको छ ।

शनिबार नगरपालिकाको वडा नं. ११ फावाखोलाबाट सार्वजानिक सुनुवाइ सुरु गर्ने नगर प्रमुख अमिर मादेनले जानकारी दिनुभयो । यस्तै गरि क्रमश: अन्य वडाहरूमा सुनुवाइ गरिने बताइएको छ । नगरपालिकाको यस कार्यक्रममा नगर प्रमुख मादेन, उपप्रमुख भिमादेवि ओझाले प्रत्यक्ष रुपमा जनताको गुनासोको जवाफ दिने कार्यसूची रहेका छ ।

यस्तै गरि पालिकाका प्रशासकीय अधिकृत ,आफ्नो वडाका वडाध्यक्ष, वडा सदस्यहरू, कार्यपालिका सदस्य र सचिवहरूले पनि जनताको गुनासोको जवाफ दिने बताइएको छ । फुङलिङ नगरपालिकाले आयोजना गरेको यस कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासङ्घ ताप्लेजुङले गर्ने महासङ्घका अध्यक्ष सुवास आचार्यले बताउनुभयो ।

यस कार्यक्रम मार्फत जनताको गुनासो र समस्याहरू सम्बन्धित निकायमा पुग्ने भएकाले सबै नगरवासीलाई आ–आफ्नो वडाको कार्यक्रममा उपस्थित हुनका लागि आग्रह समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया