विराटनगर, जेठ २८ गते ।
मोरङको विराटनगर स्थित विग होटलमा मनसुन जन्य विपद व्यवस्थापन सम्वन्धि प्रदेश स्तरीय सुरक्षा समन्वय समितको वैठक सम्पन्न भएको छ । जेठ २८ गते कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय इन्द्रमणी पराजुलीको अध्यक्षता तथा कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वैठकमा मनसुन जन्य घटना र विपद व्यवस्थापन सम्बन्धि बिस्तृत छलफल भएको थियो । बैठकमा मोरङको विराटनगर महानगरपालिका-१६ र झापाको मेचीनगर नगरपालिका-६ स्थित रहेको होल्डिङ सेन्टरलाई संचालन गरेर लागू औषध दुर्व्यवसनीमा परेका युवा, युवतीहरुलाई उपचार केन्द्रकोरुपमा (सुधारकेन्द्र/पुनर्स्थापना केन्द्र) प्रयोग गर्नको लागी कार्यदल गठन गरी संघिय सरकार समक्ष अनुरोध गर्ने, गत वर्ष वर्षातको कारण इलाममा क्षेति ग्रस्त भएका घरहरु पुनःनिर्माण गर्न लागत रकम स्विकृतको लागी सिफारिस गर्ने तथा विगतमा भएका मनसुनजन्य विपद्का घटनाहरुमा भएका मानवित तथा भौतिक क्षेतिको घटनाहरुको बिस्तृत अध्ययन गरी विपदको समयमा आईपर्न सक्ने समस्या र चुनौतीको विश्लेषण गरी क्षेती न्यूनीकरणको लागी बाढी, पहिरोबाट जोखिम युक्त क्षेत्रहरुको पहिचान, सुरक्षित स्थानको व्यवस्था, मनसुनजन्य विपदमा तत्काल आवश्यक उद्धार सामाग्रीहरुको व्यवस्था, विपद उद्धार सम्बन्धि तालिम प्राप्त प्रहरी कर्मचारीहरु परिचालनको व्यवस्था तथा सम्पूर्ण निकाय, सम्वन्धित सरोकारवाला संघ संस्थाहरुसंग समन्वय र सहकार्य गरी विपद उद्दार सामग्रीहरु सहित तयारी अवस्थामा रहने व्यवस्था मिलाउने लगायतका बिषयमा विस्तृत छलफल तथा अन्तरक्रिया भएको थियो । उक्त बैठकमा कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र कुमार पौडेल, प्रदेश स्तरीय सुरक्षा समितिका पदाधिकारीहरु तथा झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रहरी प्रमुखहरुको उपस्थिति रहेको थियो ।







