उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित पूर्व बस स्टेन्ड क्षेत्रमा सोमबार साँझ करिब ७ः३० बजे एक किशोरी फेला परेकी छन्।

इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार करिब १६–१७ वर्षीया ती किशोरीले आफ्नो नाम रिया गुरुङ र घर धरान भएको बताएकी छन्। तर उनी स्पष्ट रूपमा बोल्न नसक्ने अवस्थामा रहेको र कुनै नशालु पदार्थ सेवन गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ।

हाल ती किशोरीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा सुरक्षित रूपमा राखिएको छ। उनको परिवार तथा आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ।

किशोरीलाई चिन्नुहुने वा उनको परिवारबारे जानकारी हुने व्यक्तिलाई नजिकको प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालय उर्लाबारीको सम्पर्क नम्बर ९८५२०९०१३६ मा जानकारी गराइदिन प्रहरीले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया