चितवन- चितवनको माडी नगरपालिकाले आफ्नो नगरपालिकाभित्र प्लास्टिकका सामग्री बिक्रीमा रोक लगाएको छ।
नगरपालिकाले सूचना जारी गर्दै प्लाष्टिकबाट तयार पारिएका कप, गिलास, प्लेट, काँटा र अन्य प्लास्टिकका सामग्री बिक्रीमा रोक लगाएको हो।
कार्यकारी अधिकृत जगतप्रसाद भुसालका अनुसार नगरभित्र बिक्रीका लागि प्लाष्टिकजन्य सामग्री व्यवस्थापन गर्न दिएको समय सकिएकाले यसपछिको बिक्रीमा रोक लगाइएको हो।
नगरप्रमुख ताराकुमारी काजी महतोले नगवासीलाई प्लास्टिकका सामग्रीको विकल्पमा सालका पातबाट तयार पारिएका वस्तुको प्रयोग गर्न आग्रह गरेका छन्।







