काठमाडौं। सरकारले रोलक्रम मिचेर सर्वोच्च अदालतमा डा मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्त गरेपछि चित्त दुखाएर बिदा बसेकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिनपछि इजलास फर्किएकी छन्।
गत जेठ ५ गते सर्वोच्चको प्रधानन्यायाधीशमा शर्माले पदभार ग्रहण गर्नुअघि कामु प्रधान न्यायाधीशको हैसियतमा प्रधानले आफैंले बिदा स्वीकृत गरेर बिदामा बसेकी थिइन्।
आज उनको एकल र संयुक्त इजलासमा ७ वटा मुद्दाका पेसी तोकिएको छ भने न्यायाधीश मेघराज पोखरेलसँगको संयुक्त इजलासमा १ सय ६६ वटा पेसी तोकिएको छ।
सर्वोच्चमा वरीयतामा पहिलो रोलक्रममा रहेी मल्ल, दोस्रोमा न्यायाधीश कुमार रेग्मी र तेस्रोमा हरिप्रसाद फुयाललाई पन्छाएर चौथो नम्बरमा रहेका शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेपछि मल्ल असन्तुष्ट थिइन्।







