१६ जेठ/ उर्लाबारी
इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी तथा हिरासतमा रहेका थुनुवाहरुको स्वास्थ्य परीक्षण गरिएको छ । उर्लाबारी -५ मा अवस्थित गोदावरी हस्पिटलको प्राविधिक सहयोगमा निःशुुल्क स्वास्थ्य परीक्षण गरिएको हो । शनिबार इप्रका परिसरमै पुगेर गोदावरी हस्पिटलका चिकित्सक तथा नर्सले प्रहरी र थुनुवाको स्वास्थ्य परीक्षणा गरेका थिए ।
हस्पिटलका प्रशासन प्रमुख धिरज निरौलाले प्रहरी हिरासतमा धेरै जना एकै ठाउँमा बस्दा सरुवा रोगको सिकार हुने बताउदै सम्भावित जोखिम रोक्न हस्पिटलले पहलकदमी गरेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया