काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा राजनीतिक अस्थिरताको दुष्चक्र अन्त्य भएको बताएका छन्। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा उनले नेपाल अहिले वृहत् आर्थिक सुधारको निर्णायक मोडमा पुगेको उल्लेख गरेका हुन्।

उनका अनुसार अधिकांश समष्टिगत आर्थिक परिसूचकहरू सुधारोन्मुख अवस्थामा छन् भने वित्तीय प्रणालीमा पर्याप्त तरलता कायम रहेको छ।

“मुलुक अहिले वृहत् आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ। राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएको छ,” उनले भने।

तपाईको प्रतिक्रिया