मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा आत्मविश्वासमा वृद्धि हुने तथा नयाँ कार्यप्रति उत्साह जाग्नेछ । पारिवारिक साथ सहयोगले मन प्रसन्न रहनेछ । साताको मध्यमा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना रहेको छ । अनावश्यक विवादबाट टाढा रहनु उपयुक्त हुनेछ । साताको अन्तिममा सरकारी तथा प्रशासनिक कार्यमा प्रगति मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा घरपरिवार तथा स्थायी सम्पत्तिसम्बन्धी कार्यमा लाभ मिल्ने संकेत रहेको छ । मनमा सकारात्मक सोचको विकास हुनेछ । साताको मध्यमा कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ भने सहकर्मीहरूको साथ सहयोग प्राप्त हुनेछ । साताको अन्तिममा आर्थिक पक्ष सुदृढ बन्नेछ । नयाँ आम्दानीका स्रोत फेला पर्नाले मन उत्साहित रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा बोली तथा व्यवहारको प्रभावले कार्य सफलता मिल्नेछ । अध्ययन तथा ज्ञानवर्धक कार्यमा रुचि बढ्नेछ । साताको मध्यमा आफन्तजनसँग सामान्य मतभेद उत्पन्न हुन सक्ने भएकाले संयमता अपनाउनुहोला । व्यापारिक क्षेत्रमा लाभदायी अवसर प्राप्त हुनेछन् । साताको अन्तिममा सन्तान पक्षबाट खुसीको समाचार प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा मानसिक शान्ति तथा आत्मबलमा वृद्धि हुनेछ । आर्थिक अवस्था सुधार हुँदै जाने संकेत रहेको छ । साताको मध्यमा कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्नेछ । सहकार्यबाट महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । साताको अन्तिममा स्वास्थ्य तथा खानपानमा विशेष ध्यान दिनु आवश्यक रहनेछ । खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा सावधानी अपनाउनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा मान सम्मान तथा प्रतिष्ठामा वृद्धि हुनेछ । नेतृत्वदायी भूमिकामा सफलता प्राप्त हुन सक्नेछ । साताको मध्यमा व्यापार विस्तारका योजना सफल बन्नेछन् । विरोधीहरूको प्रभाव कमजोर बन्नेछ । साताको अन्तिममा यात्राबाट लाभ तथा अनुभव प्राप्त हुनेछ । दाम्पत्य तथा पारिवारिक जीवन सुखद रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा वैदेशिक क्षेत्र तथा नयाँ योजनाबाट शुभ समाचार प्राप्त हुन सक्छ । स्वास्थ्य तथा दिनचर्यामा सजग रहनु उपयुक्त हुनेछ । साताको मध्यमा रोकिएका कार्य पुन: सञ्चालन हुनेछन् । मेहनतअनुसार उपलब्धि प्राप्त हुनाले आत्मबल बढ्नेछ । साताको अन्तिममा नयाँ सम्झौता तथा सहकार्यका अवसर प्राप्त हुनेछन् । बोली तथा व्यवहारको प्रभाव बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा भविष्यका योजना तथा नयाँ सोचले मन उत्साहित रहनेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । साताको मध्यमा धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । प्रभावशाली व्यक्तिहरूसँग भेटघाट हुन सक्नेछ । साताको अन्तिममा कार्यक्षेत्रमा दोहोरिएको प्रयासले सफलता दिलाउनेछ । आर्थिक पक्षमा सुधार आउने संकेत रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा सेवामूलक तथा सामाजिक कार्यमा सफलता प्राप्त हुनेछ । आफन्तजनसँगको सम्बन्ध सुदृढ बन्नेछ । साताको मध्यमा प्रतिष्ठित व्यक्तिहरूसँग सम्बन्ध विस्तार हुन सक्नेछ । खानपान तथा स्वास्थ्यप्रति सजग रहनु आवश्यक रहनेछ । साताको अन्तिममा विद्यार्थीहरूलाई अध्ययन क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा नयाँ योजना तथा कार्यमा सफलता प्राप्त हुने संकेत रहेको छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन आकर्षित हुनेछ । साताको मध्यमा व्यापारिक तथा आर्थिक क्षेत्रमा सुधार आउनेछ । परिवारजनसँगको सम्बन्ध सुमधुर रहनेछ । साताको अन्तिममा अध्ययन तथा प्रतियोगितात्मक क्षेत्रमा सफलता मिल्नेछ । यात्राबाट लाभ प्राप्त हुने सम्भावना रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा मेहनतअनुसारको उपलब्धि प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ । साताको मध्यमा आर्थिक कारोबारमा सावधानी अपनाउनु आवश्यक रहनेछ । आफन्तजन तथा साथीभाइबाट सहयोग प्राप्त हुनेछ । साताको अन्तिममा वैदेशिक तथा व्यापारिक क्षेत्रमा लाभ प्राप्त हुन सक्नेछ । नयाँ जिम्मेवारीले आत्मविश्वास बढाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा मनमा नयाँ उमङ्ग तथा ऊर्जा जाग्नेछ । साथीभाइसँगको सम्बन्ध प्रगाढ बन्नेछ । साताको मध्यमा कार्य क्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ । विरोधीहरूको प्रभाव कम हुँदै जानेछ । साताको अन्तिममा प्रेम तथा दाम्पत्य जीवन सुखद रहनेछ । सिर्जनात्मक तथा कलात्मक क्षेत्रमा सफलता प्राप्त हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा धार्मिक तथा पुण्यकार्यमा सहभागी बन्ने अवसर प्राप्त हुनेछ । रोकिएका कार्य पुन: सञ्चालन हुनेछन् । साताको मध्यमा अध्ययन तथा बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि हासिल हुनेछ । खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक रहनेछ । साताको अन्तिममा परिवारजनबाट सुखद सहयोग प्राप्त हुनेछ । व्यापारिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुने सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया