मेष
विशेष योजना गोप्य राख्नु राम्रो हुनेछ, अन्यथा बन्न लागेको काम बिग्रन सक्छ । घरेलु समस्याले सताउँदा काममा अवरोध आउन सक्छ र अनावश्यक दिक्क लाग्नेछ । आत्मविश्वास बढ्नेछ भने आजको दिन आफन्तको काममा बित्न सक्छ ।
वृष
आम्दानीमा वृद्धि हुनेछ र नयाँ योजनाहरू बन्ने सम्भावना छ । परिश्रमले अरूको विश्वास जित्न सकिनेछ । अधुरा काम पूरा भई मन प्रसन्न हुनेछ । पठन पाठनमा प्रगति, धन लाभ तथा सामाजिक प्रतिष्ठा बढ्ने योग छ ।
मिथुन
भौतिक साधन जुट्नेछन् र रोकिएको रकम उठ्नेछ । मन प्रफुल्ल रहनेछ । प्रेम सम्बन्धमा सफलता र वैवाहिक योग देखिन्छ । टाढाको यात्राको सम्भावना छ । काममा इच्छा शक्ति बढ्ने र सफलता प्राप्त हुने संकेत छ ।
कर्कट
ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् । छर छिमेकमा विवाद हुन सक्छ, सावधान रहनुहोस् । निर्णयमा ढिलाइ हुँदा काममा अवरोध आउन सक्छ । शरीरमा आलस्यता आउने र सामान्य विवादको सम्भावना छ ।
सिंह
नयाँ काममा समय खर्च हुन सक्छ र जागिरमा अल्छी लाग्न सक्छ । तर व्यापारमा सफलता मिल्नेछ । राम्रो आम्दानी, मान सम्मान र विशेष सभा समारोहमा सहभागी हुने अवसर प्राप्त हुनेछ ।
कन्या
दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीमा लाभ मिल्नेछ । प्रभावशाली व्यक्तिहरूको साथ र विश्वास प्राप्त हुनेछ । बोलीको प्रभावले काम सहज हुनेछन् । धार्मिक कार्यमा रुचि बढ्नेछ ।
तुला
व्यवसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा रुचि बढ्नेछ । नयाँ मित्रको आगमनले मन प्रसन्न हुनेछ । धन लाभ हुने संकेत छन् । केही खर्च भएपनि सोचेका काम सम्पन्न हुनेछन्, तर सन्तानबाट अपेक्षित सहयोग नपाउँदा मन खिन्न हुन सक्छ ।
वृश्चिक
स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । सामान्य ज्वरो वा उपचार खर्चको सम्भावना छ । परिश्रमले लक्ष्य पूरा गर्न सकिनेछ तर जागिर वा राजनीतिमा केही चुनौती आउन सक्छ । अनपेक्षित खर्च हुन सक्छ ।
धनु
विभिन्न अवसर प्राप्त हुनेछन् । स्वास्थ्य राम्रो रहनेछ र काम गर्ने जाँगर बढ्नेछ । नयाँ कामको अवसर, आय वृद्धि र पढाइमा प्रगति हुनेछ । अन्न तथा धन लाभ हुने योग छ ।
मकर
भविष्यका लागि महत्वपूर्ण कामको आधार तयार हुनेछ । धन लाभका अवसर मिल्नेछन् । व्यापारमा सामान्य लाभ हुनेछ । विगतको श्रमबाट पनि फाइदा हुनेछ । नयाँ लुगा र मिठो परिकारको आनन्द लिन पाइनेछ ।
कुम्भ
गरेका कामबाट राम्रो लाभ मिल्नेछ । यात्रा शुभ रहनेछ । व्यापारमा सकारात्मक परिणाम आउनेछन् । साथीभाइसँग भेटघाट र नयाँ स्थानको भ्रमण हुनेछ । रोकिएका कामहरू पूरा हुनेछन् ।
मीन
बाध्यतापूर्ण काममै समय बित्न सक्छ । व्यापारमा घाटा हुन सक्ने भएकाले सावधानी अपनाउनुहोस् । समय अनुकूल छैन, गलत निर्णय हुन सक्छ । स्वास्थ्यमा समस्या र अनपेक्षित खर्चको सम्भावना छ । कामहरू सोचे अनुसार पूरा गर्न कठिन हुन सक्छ ।







