विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल वि.ओ.पि. दरैयाको आयोजनामा सीमा क्षेत्रको सुरक्षा र व्यवस्थापन सुदृढ गर्ने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको छ।

आज सम्पन्न कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, विभिन्न सुरक्षा निकायका अधिकारी, समाजसेवी, पत्रकार तथा स्थानीय भद्रभलादमीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम वि.म.न.पा.–१६ का वडा अध्यक्ष उद्धव भुजेलको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमकै अवसरमा ११ सदस्यीय ‘सीमा सहजीकरण समिति’ गठन गरिएको छ। उक्त समितिले सीमास्तम्भको संरक्षण, दशगजा क्षेत्रको सरसफाइ, अवैध चोरी पैठारी नियन्त्रण, साना हातहतियार ओसारपसार नियन्त्रण तथा लागूऔषध सेवन र ओसारपसार रोकथाममा सहकार्य गर्ने अपेक्षा गरिएको छ।

यसैगरी, सीमा क्षेत्र तथा वि.ओ.पि. दरैयाको जिम्मेवारीभित्र शान्ति सुरक्षा र अमनचयन कायम गर्ने विषयमा सहभागीबीच व्यापक छलफल गरिएको थियो। कार्यक्रममा सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन स्थानीय तह र सुरक्षा निकायबीच समन्वयलाई थप मजबुत बनाउनेमा जोड दिइएको थियो।

तपाईको प्रतिक्रिया