मोरङ २८ साउन ः नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक दलहरुले मुलुकको अर्थतन्त्र बलियो बनाउनेतर्फ लाग्नु जरुरी रहेको बताउनु भएको छ।
कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानद्वारा मंगलबार विराटनगरमा आयोजित १६ आँै स्मृति सभा तथा पुरस्कार वितरण समारोहमा रु २१ हजार नगद सहित नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्टलाई सम्मान गर्दै उहाँले मुलुकको सर्वाङ्गीण विकास समृद्धि गरी जनताको जीवनस्तर उकास्नेतर्फ दलहरुको ध्यान केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले मुलुक विकासमा पछाडि नरहेको दावी गर्दै ७७ जिल्लामा सडक, ९७ प्रतिशत विद्युत , ९७ प्रतिशत खानेपानी र ९९ बालवालिकाको विद्यालय पहुँच रहेको जानकारी दिनु भयो ।
पूर्वमन्त्री ज्ञवालीले मुलुकमा केही भएको छैन भन्ने कुरा गलत भएको भन्दै विकास भएको कारण आगामी सन् २०२६ मा नेपाल विकसिल देशमा परिणत हुन गैरहेको जानकारी दिनु भयो ।
उहाँले मधेश प्रदेशमा खेतीका लागि आकासे वर्षाको निर्भरता अन्त्य गर्न आगामी केही वर्षभित्र सुनकोशी डाइभर्सन निर्माणवाट एक लाख ८२ हजार जमीन सिंचाई हुने बताउनु भयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सङ्घीयता स्थापना पछि मुलुकले विकासमा फड्को मारेको चर्चा गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष सीता सिग्देल, सम्मानित उद्यमी चेतन निरौला,नेकपा एमालेका नेता विनोद ढकाल, नेपाल उद्योग संगठन मोरङका अध्यक्ष नन्द किशोर राठीले ठूलो सङ्र्घष गरी सडकबाट व्यापार सुरु गर्नु भएको स्व. कृष्णप्रसादले स्थापना गर्नु भएको ढुवानी व्यवसायमा आज तीन सय जनाले रोजगार प्राप्त गरिरहेकोले उहाँबाट सवैले उहाँबाट प्रेरणा लिनु पर्ने बताउनुभयो।
सो अवसरमा उप महासचिव ज्ञवालीले नेपाल साना तथा घरेलु उद्योग संघ मोरङका चेतन निरौला,महिला उद्यमी अम्बिता भण्डारी, जनता उच्च मावि मधुवन सुनसरीका विद्यार्थीहरु पिंकी खत्वे, सुशील खत्वे तथा स्वस्तिका ट्रानसपोर्ट प्रालिका मजदुरीहरुलाई कपडा तथा नगद सहित सम्मान गर्नु भएको थियो ।